१९ श्रावण २०८२, आईतवार

बाँकेको ओभरीमा वेवारिस सालनाल सहितको वच्चा फेला

शिशुको उपचार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा हुदै

  • न्युज मानसराेवर

राप्ती सोनारी:बाँकेको राप्ती सोनारी गाउँपालिकामा सालनालसहितको नवजात शिशु भेटिएको छ । बुधबार बिहान राप्तीसोनारी ८ ओभरीस्थित मकै बारीमा फालिएको अवस्थामा भेटिएको शिशुलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

स्थानीय ज्योति खड्का शाहले आफ्नो मकै बारीमा बच्चा रोइरहेको सुनेपछि हेर्न जाँदा सालनाल सहितको बच्चा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बच्चा कसले जन्माएर मकै बारीमा फालेको हो त्यसको बारेमा अहिलेसम्म केही पत्ता नलागेको बताइएको छ । अहिले सो शिशुको नेपालगन्ज मेडिकल कलेज कोहलपुरको एन आईसियूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • २८ चैत्र २०८०, बुधबार प्रकाशित

  • Nabintech