३० श्रावण २०८२, बिहीबार

भ्रष्टाचार मुद्दा दायर भएसँगै निलम्बनमा परे कांग्रेस सांसद शाही
  • न्युज मानसराेवर

कर्णाली \भ्रष्टाचार मुद्दा दायर भएसँगै कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी खरिदमा एक अर्ब बराबर बिगो र कैद दुवै सजाय माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेसँगै शाहीको सांसद पद स्वतः निलम्बनमा परेको हो।

भ्रष्टाचार निवारण ऐन, २०५८ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ मा भएको व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार उनी निलम्बन भए।

यस मुद्दाको फैसला नहुँदासम्म कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसले एक सांसद पनि गुमाएको छ। दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टचार गरेको भन्दै अख्तियारले पूर्व पर्यटन मन्त्रीसमेत रहेका शाहीसहित ३३ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टचार भएको दाबी अख्तियारले गरेको छ।

  • ३० चैत्र २०८०, शुक्रबार प्रकाशित

  • Nabintech