१९ श्रावण २०८२, आईतवार

कर्णाली प्रदेश अस्पताल परिसरमा आफन्तले चर्काए आन्दोलन
  • न्युज मानसराेवर

सुर्खेत \कर्णाली प्रदेश अस्पताल सुर्खेतमा २२ वर्षीया युवतीको मृत्यु भएको विषयलाई लिएर अस्पताल परिसरमा उनका आफन्तहरुले आन्दोलन चर्काएका छन् ।  पाठेघरको सफा गर्ने क्रममा डाक्टरहरुको लापरबाहीका कारण मृत्यु भएको भन्दै युवतीका आफन्तहरु बिहीबारदेखि नै आन्दोलनमा उत्रिएका हुन् ।

शुक्रबार दिउँसो अस्पताल प्रशासनसँग वार्ता हुँदा पनि सफल नभएपछि आफन्तहरु फेरि आन्दोलनमा उत्रिएका हुन् ।  दैलेखको आठबिस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामीको बिहीबार दिउँसो तीन बजे मृत्यु भएको थियो । ७ महिने शिशुकी आमासमेत रहेकी भीमा सामान्य पेट दुखेको भन्दै हिँडेरै अस्पताल पुगेकी थिइन् ।
पाठेघरमा केही सालनाल रहेको भन्दै अप्रेसन गरेर सफा गर्दैगर्दा एक्कासि अस्पतालले मृत घोषणा गरेपछि आफन्तहरु अचम्ममा परे । अहिले आफन्तले अस्पताल परिसरमा ‘८ महिने शिशुको भविष्य ग्यारेन्टी गर, अस्पताल प्रमुख राजीनामा दे, हत्यारालाई कारबाही गर, मान्छे मार्न पाइँदैन’ लगायतका नारा लगाउँदै प्रदर्शन गरिरहेका हुन् ।
आफ्ना मागहरु सम्बोधन नभएको खण्डमा आन्दोलन कायम रहने मृतक भीमाका जेठाजु हर्कबहादुर बलामीले बताए ।

  • ३० चैत्र २०८०, शुक्रबार प्रकाशित

  • Nabintech