कोहलपुर,बाँके: बाँकेको पुर्व पश्चिम राजमार्ग अन्तरगत राप्ती सोनारी गाउपालिका र कोहलपुर नगरपालिकाको वडा नं. १२ को सिमानामा रहेको उषा हरियाली सामुदायिक वन क्षेत्रमा आगलागि भएको छ । आगलागि भएको सुचना पाएपछि छिमेकी सामुदायिक वन सिर्जना सामुदायिक वनका अध्यक्ष सुमन पौडेलले नगरपालिकासंगको समन्वयमा वन क्षेत्रमा लागेको आगो नियन्त्रण ल्याउन सफल भएको वताएका छन ।
आगलागि नियन्त्रणका लागि कोहलपुर नगरपालिकाको दमकल र चपरगौड प्रहरी विटका सुरक्षकर्मिहरु एबं स्थानीयहरु आगलागि भएको क्षेत्रमा खटिई आगलालि नियन्त्रणमा महत्वपुर्ण भुमिका खेलेको सिर्जना सामुदायिक वनका अध्यक्ष सुमन पौडेलले न्युज मानसरोवरलाई बताएका छन ।
अहिले आगो नियन्त्रणमा आईसकेको छ भन्दै पौडेलले आगलागिको कारण भने थाहा हुन नसकेको वताएका छन । गर्मी मौसम शुरु भएसगै वन क्षेत्रमा आगलागि मुख्य समस्याको रुपमा देखा पर्दै आएको छ । नयाँ घाँस पलाउने लालसामा कतिपय स्थानमा स्थानियहरुले आफै आगो लाउने गरेको पाईन्छ भने कतै असावधानिवस चुरोटका ठुठा जथाभावि फाल्दा आगलागि हुने गरेको छ।