२८ चैत्र २०८१, शुक्रबार

गुलजार माहोल: प्रकाश दूतराजलाई तीन टिनएजर्स युवतीले स्टेजमै किस गरेपछि…………..

एक युवती पछाडिबाट स्टेज उक्लिइन् र माइक समातेर गाइरहेका दूतराजलाई ग्वाम्म अंगालो हालिन

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: संगीतप्रेमीहरुमा गायक प्रकाश दूतराजको क्रेज अहिले कति छ भनेर त बयान गरिरहनु नपर्ला । मेलोडियस गीतका पारखीहरुमाझ उनको लोकप्रियता दिन प्रतिदिन चुलिँदो छ । बढी त उनका फिमेल फ्यानहरु छन् ।

युवतीहरुमाझ दूतराजको क्रेजको एक झल्को देखियो हिजो पोखरामा । १२ औं हेम्जा आलु महोत्सवको अन्तिम दिन उनी प्रस्तुति दिन पुगेका थिए । उनलाई हेर्न र सुन्न आउनेहरुमध्ये अधिकांस टिनएजर्स युवती थिए ।

दूतराजले ‘रिमै‘।।’ गीत सुरु गरेपछि युवतीहरु नशा लागेझैं लठ्ठिए । उनीहरुले सँगसँगै गाएर दूतराजलाई साथ दिँदा माहोल गुलजार बन्यो । यत्तिकैमा एउटा अप्रत्याशित दृश्य देखियो, जसको गायक स्वयंले सायदै पूर्वानुमान गरेका थिए । एक युवती पछाडिबाट स्टेज उक्लिइन् र माइक समातेर गाइरहेका दूतराजलाई ग्वाम्म अंगालो हालिन् । अनि, गालामा किस गरेर भागिन् ।

दूतराज स्तब्ध देखिए । उनको अनुहार लाजले रातोपीरो भयो । उनले युवतीलाई धन्यवाद दिँदै भने, ‘म त लाजले मरें है ।’ त्यसपछि आफ्नो गायकीलाई निरन्तरता दिए । आयोजकका अनुसार दूतराजलाई थप दुई युवतीले पनि स्टेजमा उक्लेर किस खाएका थिए । यद्यपि, त्यसले कार्यक्रममा कुनै असर परेन ।

महोत्सव आयोजक सुविधा श्रेष्ठले स्वयंसेवकको घेरा तोडेर केही युवतीहरुले त्यस्तो कार्य गरेको बताइन् । ‘प्रकाश दूतराजले गीत गाइरहेको बेला स्वयंसेवकको घेरा तोडेर पालैपालो ३-४ जना युवती स्टेजमाथि आउनुभएको हो । त्यसले उहाँको प्रस्तुतिमा कुनै असर गरेन । उहाँले अन्यथा लिनुभएको पनि छैन’, उनले भनिन् । हेम्जा आलु महोत्सव भोलिसम्म चल्नेछ ।

  • ४ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech