१० मंसिर २०८१, सोमबार

कोहलपुर १३ भरैयाका आरण ब्यबसायी भन्छन पेशा नै संकटमा

भरैया गाउँमा बस्दै आएका कालो बादिले छोरा र नातिलाई समेत यही पेशा नै सिकाउदै

  • न्युज मानसराेवर

कोहलपुर,बाँके:पछिल्लो समय आधुनिक युगका विभिन्न आधुनिक उपकरणहरुका कारण गाउघरमा सञ्चालित आरन व्यवसायको बजार संकटमा पर्दै गएकमो छ । ७२ वर्षीय कालो बादि बादि समुदायको नाच्ने गाउँने पेशा बाजेले गरेपनि बुवाले आरन व्यवसाय गरेका कारण आफूले पनि आरनको काम गर्दै आइरहेका छन ।

जाजरकोटबाट २३ बर्ष अघि बसाइँसराइ गरेर कोहलपुर नगरपालिका वडा नम्बर १३ भरैया गाउँमा बस्दै आएका कालो बादिले छोरा र नातिलाई समेत यही पेशा नै सिकाउदै आएका छन ।

आफूहरूको पुर्खौली सम्पत्ति नभएको र छोराछोरीलाई भनेजस्तो शिक्षा दिन नसकेकोले आफ्नो तिन पुस्ता नै यही आरन पेशाबाट धानिएको उनी वताउछन। १३ जनाको परिवारलाई अहिलेसम्म जेनतेन यही आरन पेशाले नै पालिरहेको तर अहिले पहिले जस्तो व्यवसाय नहुँदा परिवार पाल्न निकै धौ धौ भएको उनको अनुभव छ ।

कालो बादिसङ्गै छेउमा बसेर आरन पिटिरहेका उनका ४० वर्षीय जेठो छोरा बिष्णु बादिले पनि आरनको कामलाईनै निरन्तरता दिँदै आइरहेका छन। पढाई लेखाई छैन अरू काम गर्न सिप छैन योग्यता छैन जानेको यही आरनको काम हो त्यसैले आरन नै पिट्ने गरेको छु उनले भने ।

सामान्य परिवारमा जन्मिएको मान्छे । बुवा–बाजेले गर्दै आएको पेसा गर्ने बाहेकको विकल्प मेरो जीवनमा थिएन । घरमा संयुक्त परिवार अरू भाइहरू बहिनीहरू साना सान अनि आफु घरको जेठो छोरो यो पेशा बाहेक अरू विकल्प नरहेको उनी भन्छन । विष्णुसँगै उनका १४ वर्षीय छोरा लालबहादुर बादिपनि स्कुलबाट आएर फुर्सदको समयमा आरनको काम सिक्ने गरेका छन।

विष्णु भन्छन “आरन व्यवसायलाई बढाउँदै लैजाने मन छ । बाबुबाजेले गर्दै आएको पेसालाई निरन्तरता दिँदा खुसी छु ।तर आधुनिक औजारसङ्गसङ्गै आफूहरूको आरन व्यवसाय धरापमा परेको हुँदा स्थानीय निकायबाट पनि हाम्रो व्यवसायीलाई सहजताका लागि नयाँ सामग्री निर्माणमा सहयोग पुर्‍याउन तालिमको आवश्यकता छ । स्थानीय सरकारबाट पनि थप सीपका लागि तालिम दिए सहयोग पुग्ने थियो ।” पछिल्लो समय धेरैजसो युवापुस्ताले चासो नदिँदा यो पेसा पुस्तान्तरण हुन नसकेको उनको गुनासो छ ।

यस्तै कालो बादिकि श्रीमती पनि आफ्नो श्रीमान् वृद्ध हुँदै जाँदा पनि सकि नसकी आरनमा बसेको देख्दा मन भतभती पोल्ने गरेको बताउछन। छोरा र नातिले नि त्यही पेशा अँगालेका छन् । आम्दानी छैन दुख साह्रै छ । सरकारले हामी जस्तो समुदायको जीविकोपार्जनका लागि विभिन्न सिपमूलक कार्यक्रम ल्याउन सके आफूजस्तै समुदायका अन्य व्यक्तिको जीवन सुधारमा आउने आशमा आफूहरू बसेको उनको भनाई छ ।

  • ९ बैशाख २०८१, आईतवार प्रकाशित

  • Nabintech