१६ श्रावण २०८२, बिहीबार

कोहलपुर नगरकार्यपालिकाको बैठक आज, छानविन प्रतिबेदन पेश हुने

ब्यक्ति होस या संस्था कसैलाई पनि छुट नदिई निर्ममरुपले कारवाहि गरिने

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिका नगर शिक्षाले सञ्चालन गरेको कक्षा ८ को परिक्षाको नतिजा फेक भएको पुष्टि भएपछि विरेन्द्र कुमार शाहको नेतृत्वमा गठित छानविन समितीले गत शुक्रवार साँझ नगर प्रमुख पुर्ण प्रसाद आचार्यलाई छानविनको प्रतिबेदन बुझाएपछि नगर कार्यपालिकाको बैठक बस्न लागेको हो ।

छानविन समितीका सदस्यहरुले समेत परिक्षाफल प्रकाशित गर्दा गलत भएको स्विकर्दै नगर प्रमुखले कारवाहि प्रक्रिया अगाडि बढाउने विश्वास ब्यक्त गरिरहदा आज वस्न लागेको कार्यपालिका बैठकलाई अर्थपुर्ण तरिकाले हेरीएको छ ।

दुई साता लामो छानविनका क्रममा बिभिन्न ब्यक्तिहरुसंग बयान लिईएको, उत्तर पुस्तिका पुन परिक्षण गरिएको र सत्य तथ्य प्रमाणहरु संलग्न गरि प्रतिवेदन बुझाईएको समितीका संयोजक एबं वडा नं. १२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहले न्युज मानसरोवरलाई वताएका छन । उनले छानविन समिती समेत भोलिका लिनमा थप छानविनको घेरामा आउन सक्ने भन्दै ‘आफनो टाउको फुटे मितको टाउको बेलै सरी’ भन्ने उक्ति अनुरुप आफुलाई कम्जोर पार्ने कुनै कार्य नगरेको दावि समेत गरेका छन ।

यसै सन्दर्भमा नगर प्रमुख पुर्ण प्रसाद आचार्यले ब्यक्ति होस या संस्था कसैलाई पनि छुट नदिई निर्ममरुपले कारवाहि गरिने वताउदै आएका छन । चोक चौराहमा समेत अनेकौं टिका टिप्पणी हुने गरेको भएपनि आफु ईमान्दारीपुर्वक छानविनमा लागेको नगर प्रमुख आचार्यको दावि रहदै आएको छ ।

छानविन समितीले आफनै ढंगले छानविन गरिरहदा मेयर आचार्यले समेत ब्यक्तिगत तथा संस्थागत रुपमा वास्विकताबारे अध्यन गरिरहेका थिए । आज बस्ने कार्यपालिका बैठक पछि प्रतिबेदन सार्वजनिक गरिने भन्दै नगर प्रमुख आचार्यले समाचारदाताहरुसंग अनौपचारीक रुपले कुरा गर्दै कोहलपुरमा शिक्षामा देखिएको बिक्रि विसंगतिका विरुद्ध आफु दृड रहेको समेत वताएका छन ।

भर्ना अभियान चलिरहेको सन्दर्भमा कोहलपुर नगर शिक्षाको यो लफडाले विद्यार्थीहरुमा अन्योलता थप्दै गएको भन्दै आम नागरिकहरुले आगामि बर्षका परिक्षाहरुमा यस्ता खाले घटना परिघटना दोहरीन नदिने गरि नगर प्रमुखले कडा कदम चाल्नुपर्ने बताउदै आएका छन ।

चैत्र २३ गते न्युज मानसरोवरले तथ्यगत रुपमा कक्षा ८ को परिक्षाफलमा चलखेल भएको समाचार प्रकाशित गरेपछि गठित छानविन समितीले पेश गरेको प्रतिवेदन सार्वजनिक हुने आशमा रहेका कोहलपुरका विद्यालय, शिक्षक, विद्यार्थी र आम नागरिकहरुले ‘बुढी मरी भन्दा चोर पल्के’को नजिर स्थापित हुन नदिने गरि सत्य तथ्य आउने अपेक्षा गर्दै आएका छन ।

  • १० बैशाख २०८१, सोमबार प्रकाशित

  • Nabintech