१० मंसिर २०८१, सोमबार

बाँकेमा बुधबार ४ ठाँउमा आगलागिका घटना, १५ चौपाय मरे

सशस्त्र प्रहरी,नेपाल प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगोे नियन्त्रणमा

  • न्युज मानसराेवर

राप्तीसोनारी:बाँकेमा एकैपटक ४ ठाँउमा आगलागिका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक नारायण डाँगीले दिएको जानकारी अनुासार आगलागिमा मानविय क्षति नभएपनि पशुचौपाय, अन्नपात र धनमाल जलेर नष्ट भएका छन ।

राप्तीसोनारी–८ बालापुरमा बुधबार दिउसो ३ घरमा आगागी हुँदा १५ वटा चौपाय सहित अन्नपात, धनमाल जलेर नष्ट भएको छ । स्थानीय चुनलाल थारु, कमला गिरी र तुलसा गिरिको खरको छानो भएको घरगोठमा आगलागी हुँदा २ भैसी, ६ बाख्रा र ७ भेडा जलेर मरेका छन ।

आगलागिको जानकारी प्राप्त हुन साथ फायर फाईटिङ्ग उपकरण दमकलसहित सशस्त्र प्रहरी वल ४२ नंं. रिजर्व गण शम्शेरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरिक्षक देवबहादुर बोहराको कमाण्डमा गएको टोली, नेपाल प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगोे नियन्त्रणमा लिएको थियो । हिजो मात्र सशस्त्र प्रहरीले अगैयामा विपदको उद्दारबारे कृतिम घटना अभ्यास गरेको थियो ।

 

  • १९ बैशाख २०८१, बुधबार प्रकाशित

  • Nabintech