कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिका वडा नं. १ कौशिलानगरमा कौशिल्या अस्पताल कोहलपुरले एक दिने निशुल्क आँखा शिवर सञ्चालन गरेको छ । कौशिलानगरमा रहेको ब्राईटलाईट एकेडेमी स्कुलको आयोजनामा वालवालिका लक्षित आँखा शिविर सञ्चालन गरिएको कौशिल्या अस्पतालका प्रशासन प्रमुख शंकर न्यौपानेले न्युज मानसरोवरलाई बताए ।
न्युज मानसरोवरसंग कुराकानि गर्दै अस्पताल प्रमुख न्यौपानेले बदलिंदो मौसम, वातावरणमा देखिएको पिरो तुवालोले वालवालिकाहरुको आँखामा समस्याहरु थपिदै जाने भएकाले रोग निदानका लागि शिविर सञ्चालन गरिएको बताउदै शिविरमा २ सय बढि वालवालिका तथा बयस्कहरुले आफनो आँखा जाच गरेको वताए ।
ब्राईटलाईट एकेडेमीको आयोजना र कौशिल्या अस्पताल कोहलपुरको सहयोगमा आयोजित उक्त शिविरमा आँखामा जटिल समस्या भएकाहरुलाई अस्पताल रिफर गरिएको वताउदै आफनो विद्यालयमा अध्यनरत विद्यार्थीहरुका निम्ति विद्यालयको पनि चासो हुनुपर्ने भएकाले विद्यालय प्रांगणमा आँखा शिविर राखिएको ब्राईटलाईट एकेडेमीका संस्थापक प्रिन्सिपल गोविन्द चौधरीले वताए ।
”हाम्रो कर्तब्य हाम्रो जिम्मेवारी स्वास्थ्य सेवामा साझेदारी” भन्ने नाराका साथ स्वास्थ्य संस्था र शैक्षिक संस्थाविच साझेदारी गर्दै विभिन्न स्वास्थ्य सम्बन्धित शिविर सञ्चालन गरिरहेको कौशिल्या अस्पतालले स्थानिय सरकार, गैर सरकारी संस्थाहरुसंग पनि सहकार्य गर्दै स्वास्थ्य जनचेतना जगाउने कार्य गर्नुका साथै स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।