बाँके:जंगली जनावरले धेरै सताउन थालेपछि कम्दि कोरिडोर क्षेत्रका किसानहरुले जङ्गली जनावरका कारण अन्नबाली क्षति भएको भन्दै बैकल्पिक खेतिका रुपमा बेसार खेती सुरु गरेका छन् । कोहलपुर नगरपालिका वडा नम्बर ७ सल्यानि टोलमा एउटा उपभोक्ता समुह छ । जुन समुहमा १८ जना महिला दिदिबहिनीहरुले आस्था सामुदायिक वन उपभोक्ता समूह नाम दिइ उक्त बेसार उत्पादन सुरु गरेका छन् र बेसारलाई ब्राण्ड बनाउनको लागि कम्दि जैविक बेसार नाम समेत दिएका छन् । पछिल्लो समय निकुञ्जको स्थापना भएसङ्गै जनावरहरु आहारा खोज्दै गाउँ पस्न थालेर क्षति पुर्याउन थालेपछि यहाँका महिलाहरु बेसार खेतितर्फ आकर्षित भएका हुन् ।
अन्नबालीको उत्पादन लिन नसकेका किसानहरुले बेसार खेतीबाट राम्रो आम्दानी लिन थालेको सामुदायिक वन उपभोक्ता समिति सदस्य पुर्णकला गिरि बताउनु हुन्छ। उहाँले पन्ध्र कठ्ठा जग्गाबाट सुरु गरेको बेसार खेति यो बर्ष जग्गा थप गरिने बताउनु भयो। जङ्गली जनावरले धान मकै गहुँ लगायत अन्नबाली नोक्सान गरिदिँदा परम्परागत तवरले खेती गर्दै आएका किसानहरुले विकल्पका रुपमा बेसार खेती सुरु गरेका हुन् । सामुदायिक वनमा आवद्द उपभोक्ताको आर्थिक अवस्था सुधार गर्ने उदेश्यले तराई भू- परिधिले किसानहरूलाई निःशुल्क रुपमा बेसारको बिउ तथा तालिमसङ्गै १ लाख १० हजारकोअ बेसार पिस्ने र प्याकिङ्ग गर्ने मेसिन समेत उपलब्ध गराएको थियो तराई भुपरिधि कार्यक्रमका फिल्ड सुपरभाइजर तिलक चौधरी बताउनु हुन्छ ।
वर्षभरि गरेको मेहनतको फसल छिन भरमै जङ्गली जनावरले खाइदिनाले पीडित बनेका किसानले पछिल्लो समय बेसार खेतीबाट राम्रो आम्दानी लिन थालेका छन् । जङ्गली जनावरले लगाएको अन्नबाली नास गरिदिने बाली भित्राउन नपाउने गरेको र विकल्पमा रुपमा कम्दि जैविक बेसार नाम दिएर बेसार उत्पादन गरेर बार्षिक ३/४ लाख कमाउने गरेको स्थानीय महिला किसानहरूको भनाई छ। समुहका महिला दिदिबहिनीहरुले उत्पादन गरेको बेसार प्रतिकिलो ३ सय रुपैयाँमा बिक्री हुँदै आएको छ तर बेसार खेती गर्दै आएका किसानहरूलाई पहिले पहिले यहाँ समुह मार्फत बेसार उत्पादन हुन्छ भन्ने थाह नपाउदा बजारीकरणको समस्या बेहोर्नु परेको अहिले समुहका दिदिबहिनीहरुको सक्रियताले बजारीकरण गर्न सहज भएको र घरमै आएर बेसार लैजाने गरेको पुर्णकला गिरिको भनाई छ। ।
राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र र कोरिडोर क्षेत्रका किसानका लागि बेसार खेती उपयुक्त भएको र बाँके जिल्लालाई बढी बेसार उत्पादन गर्ने जिल्लाका रुपमा बिकास गर्न सकिने सरोकारवाला बताउछन् । प्राय जङ्गली जनावरले बेसार खेतीलाई नोक्सानी नगर्ने भएकोले किसानहरू बेसार खेतितर्फ आकर्षित भएका हुन तर यहाँका किसानहरूलाई प्राविधिक ज्ञानका लागि स्थानीय सरकारले ध्यान दिन जरुरी छ र कोहलपुर नगरपालिका वडा नम्बर ७ मा जस्तै अन्यत्र क्षेत्र जहाँ जंगली जनावरले दिनरात सताइरहेका छन् त्यस क्षेत्र आसपासका किसानहरूलाई बेसार खेती र अन्य बैकल्पिक खेतितर्फ आकर्षित गर्न तालले जस्तै विभिन्न आय आर्जनमूलक कार्यक्रम सञ्चालन गर्न सरोकारवाला निकाय जगरुक हुन आवश्यक देखिन्छ।