१० मंसिर २०८१, सोमबार

कौशिल्या अस्पताल र साझाको नि:शुल्क शिविरमा चौविस सयले लिए स्वास्थ्य सेवा

अवका दिनहरुमा पनि रचनात्मक कार्यमा आफना शेयर सदस्यहरुलाई सहभागि गराउने संस्थाको सोच

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: कोहलपुरको पुरानो सहकारी सस्था साझाको आयोजना तथा कौसिल्या अस्पताल प्रा लि कोहलपुर ११ को प्राबिधिक सहयोगमा बैशाख १८ गतेदेखि सञ्चालनमा रहेको स्वास्थ्य शिविरको समापन गरिएको छ ।

२८ गते सम्म सन्चालन भएको नि शुल्क स्वास्थ शिबिर कोहलपुर नगरपालिकाका १ देखि १५ वडा र बैजनाथ गाउपालिकाका २,३ र ४ वडामा उत्साहजनक रुपमा सम्पन्न भएको अस्पतालका प्रशासन प्रमुख शंकर न्यौपानेले न्युज मानसरोवरलाई वताएका छन ।

करिब २ हजार ४ सय जना बिरामीहरुलाइ प्रत्यक्ष विशेषज्ञ सेवा प्रदान गरेको अस्पतालले चिकित्सकहरुलाई गाउमै उपलब्ध गराएर विपन्न, गरिब निमुखा तथा असहायहरुलाई स्वास्थमा पहुच पुरयाएको हो । स्वास्थ्य सेवावाट कोहि बञ्चित हुन नपरोस भन्दै सहकारी र अस्पतालले यो अभियान चलाएका हुन ।

सहकारीका आफना शेयर सदस्य तथा अन्य सर्वसाधाराणले स्वास्थ्य सेवा लिएका थिए भने सामान्य विरामीलाई शिविरमै निशुल्क औषधि वितरण गरिएको थियो । जटिल खालका केशहरुलाई अस्पताल सम्म रिफर गर्दै २५ प्रतिशत छुटमा थप उपचारको ब्यबस्था गरेको कौशिल्या अस्पताल कोहलपुरले जनाएको छ ।

पछिल्लो समय सहकारी संस्थाहरुप्रति नकारात्मक सन्देश प्रवाह भईरहेको सन्दर्भमा सामाजिक उत्तरदायित्व वहन गर्दै सहकारीले अस्पतालसंगको सहकार्यमा स्वास्थ्य अभियान चलाएको सहकारीका अध्यक्ष पारसनाथ थारु वताउँछन । यस अवधिमा २ हजार चार सयले निशुल्क स्वास्थ्य सेवा लिनु आफैमा सेवा मुलक कार्य भएको जनाउदै अध्यक्ष थारुले अवका दिनहरुमा पनि रचनात्मक कार्यमा आफना शेयर सदस्यहरुलाई सहभागि गराउने संस्थाको सोच रहेको वताए ।

  • २९ बैशाख २०८१, शनिबार प्रकाशित

  • Nabintech