१७ असार २०८२, मंगलवार

तीन स्रष्टालाई ‘वानीरा प्रज्ञा पुरस्कार’ अर्पण
  • न्युज मानसराेवर

काठमाडौं: वानीरा फाउण्डेशनले कला, साहित्य र समाज विकासका क्षेत्रमा योगदान पुर्‍याउने तीन व्यत्तित्वलाई पुरस्कृत गरेको छ  । वानीरा गिरीको ८१औं जयन्तीका अवसरमा शुक्रबार उक्त पुरस्कार अर्पण गरिएको हो ।

फाउण्डेशनका संस्थापक तथा संरक्षक इञ्जिनियर शंकर गिरीले काठमाडौंमा आयोजित एक समारोहमा कविता, कथा, उपन्यास र समालोचनाको संवृद्धिमा योगदान पुर्‍याउनुभएका प्रा.पुष्कर लोहनीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’, रंगमञ्च तथा चलचित्रकलामा विगत छ दशकदेखि निरन्तरता योगदान पुर्‍याउनुभएका मदनदास श्रेष्ठलाई ‘वानीरा शंकर पुरस्कार’ र कथा कवितामा योगदान दिनुभएकी अनिता तुलाधरलाई ‘वानीरा पुरस्कार’ अर्पण गर्नुभएको हो ।

सम्मानसहित प्रा.लोहनी र श्रेष्ठलाई एक-एक लाख र तुलाधरलाई पचास हजार रुपैयाँ राशिको ‘वानीरा पुरस्कार’ प्रदान गरिएको थियो  । इन्दिरा प्रसाईंको सभापतित्वमा सञ्चालित समारोहमा पुरस्कृतहरू प्रा.लोहनी, श्रेष्ठ, तुलाधर तथा वानीरा फाउण्डेशनका संस्थापक तथा संरक्षक इञ्जिनियर गिरी, कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईंले आ-आफ्नो भनाइ राख्नुभएको थियो । वानीरा गिरीको २०७८ साल जेठ ९ गते कोरानाका कारण निधन भएको थियो ।

  • ३० बैशाख २०८१, आईतवार प्रकाशित

  • Nabintech