१४ मंसिर २०८१, शुक्रबार

बागलुङमा जिप दुर्घटना हुँदा १७ जना घाइते, एकको अवस्था गम्भीर (नामावली)
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:गएराति बागलुङको ढोरपाटनमा जीप दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।  बुधबार राति पौने ८ बजे ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारबाट अर्नाकोट जाँदै गरेको ग२च २३१४ नम्बरको जिप ढोरपाटन ५ को मस्तीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

घाइतेमध्ये ढोरपाटन ५ की १९ वर्षीया शर्मिला भण्डारीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङ डीएसपी विजय यादवले जानकारी दिए।  ‘उनलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गरी उपचारको लागि राति नै पोखरा लगिएको छ,’ यादवले नेपालखबरसँग भने, ‘१७ जना घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।’ घाइतेमध्ये अधिकांश महिला र बालबालिका छन्। चालकले चिप्लो सडकमा ब्रेकफेल हुँदा दुर्घटना भएको बयान प्रहरीलाई दिएका छन्।

घाइतेमध्ये ढोरपाटन ५ की १९ वर्षीया शर्मिला भण्डारी, जिप चालक बागलुङकै तमानखोला गाउँपालिका ४ का ३० वर्षीय अमन सिर्पाली, ढोरपाटन ५ का १० वर्षीय मनोज बिक र ढोरपाटन २ की २० वर्षीया धनकुमारी क्षेत्रीको अवस्था गम्भीर छ।

‘उनीहरुलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गरी थप उपचारको लागि राति नै अन्यत्र रिफर गरिएको छ,’ यादवले नेपालखबरसँग भने, ‘घाइते अधिकांशको अवस्था मध्यम छ। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामै उपचार भइरहेको छ।’  घाइते अधिकांशको अहिले प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ बागलुङमा उपचार भइरहेको उनले बताए।

यी हुन् जिप दुर्घटनामा घाइते हुने १७ जना यात्रु

१.    जिल्ला बागलुङ ढोरपाटन न.पा. ०५ चौर बस्ने वर्ष २४ की साबित्रा बि.क. (भित्री चोट बोल्न सक्ने, सामान्य प्रा.स्वा.केन्द्रमा उपचार हुँदै)
२.    ऐ. ऐ. बस्ने वर्ष २३ की लक्ष्मी बि.क. (भित्रीचोट बोल्न सक्ने, मध्यम) ।
३.    ऐ. ऐ. बस्ने वर्ष २३ की अनुसा बि.क. (बायाँ हात र दुवै खुट्टामा चोट, मध्यम) ।
४.    ऐ.ऐ. बस्ने वर्ष १० को मनोज बि.क. (भित्री चोट गम्भिर) ।
५.    ऐ.ऐ. बस्ने वर्ष २३ की टिका बि.क. (भित्री चोट बोल्न सक्ने, मध्यम) ।
६.    थप घाईते-निज टिका बि.क. को छोरा वर्ष २ को सुमित बि.क. (प्रा.स्वा.केन्द्रमा उपचार हुँदै, सामान्य) २१:५५ बजे डिस्चार्ज ।
७.    ऐ.ऐ. बस्ने वर्ष २९ की पुजा बि.क. (भित्री चोट मध्यम) ।
८.    ऐ.ऐ. बस्ने वर्ष ४० की पुर्णकला बि.क. (दुवै हात र खुट्टामा चोट, मध्यम) ।
९.    ऐ.ऐ. बस्ने वर्ष २३ की अनिता पौडेल (भित्री चोट, मध्यम) ।
१०.    निज अनिता पौडेलको छोरा १८ महिनाको छोरा प्रिन्स पौडेल (सामान्य) ।
११.    ऐ.ऐ. बस्ने वर्ष ४२ को ज्ञान बहादुर घर्ती (सामान्य) । ऐ.२१:४० बजे डिस्चार्ज ।
१२.    ऐ.ऐ. बस्ने वर्ष २८ की मिना बि.क. (भित्री चोट, मध्यम) ।
१३.    ऐ. ढोरपाटन न.पा. ०२ अर्नाकोट बस्ने वर्ष २० की धन कुमारी क्षेत्री (भित्री चोट गम्भिर)।
१४.    ऐ.ऐ. बस्ने वर्ष १९ की सिता रोका (बायाँ कोखामा भित्री चोट, मध्यम) ।
१५.    ऐ. निसिखोला गा.पा. ०२ बस्ने वर्ष २० की मिना कार्की (भित्री चोट मध्यम)
१६.    निज मिना कार्कीको छोरी ३ महिना की सुहाना कार्की (सामान्य) ।
१७.    चालक- ऐ. तमानखोला गा.पा. ०४ बस्ने वर्ष ३० को अमन सिर्पाली (छातीमा भित्री चोट, गम्भिर) ।
१८.    थप घाईते- ऐ. ढोरपाटन न.पा. ०५ बस्ने १९ की शर्मिला भण्डारी (बाहरी चोट नरहेको, मध्यम) ।

  • ३ जेष्ठ २०८१, बिहीबार प्रकाशित

  • Nabintech