कोहलपुर,बाँके: नेकपा एमालेको नवौं बाँके जिल्ला अधिबेशनमा नेतृत्व छनौटका लागि यतिबेला चुनावि प्रक्रियाको थालनि गरिएको छ । हिज अवेर सम्म उम्मेदवारीको समय सिमा रहेकोमा निर्वाचन मण्डलले आज आईतवार विहान सम्म उम्मेदवारको दावि विरोध र उम्मेदवारी फिर्ता कार्यक्रम सार्वजनिक गर्दै प्रारम्भिक उम्मेदवारहरुको नामावली प्रकाशन गरेको छ ।
प्रकाशित नामावली बमोजिम अध्यक्ष पदका लागि किस्मत कुमार कक्षपति, डिल्लि विसि र निरक गुरुङको नाम रहेसंगै अध्यक्ष पदका लागि त्रिपक्षिय भिडन्तबाटै अध्यक्ष छनौट हुने लगभग पक्का पक्कि भएको अधिबेशन स्थलवाट हाम्रा समाचारदाता विकल भट्टराईले वताएका छन ।
उनका अनुसार उपाध्यक्ष १ पदका लागि चार जना, सचिव १ पदका लागि चार जना, उपसचिव महिला १ का लागि ३ जना र उप सचिव खुल्लामा ४ जनाले आफनो उम्मेदवारी दर्ता गराएका छन ।
उपाध्यक्षका उम्मेदवार ईन्द्र वहादुर थापा, रत्न वहादुर खत्रि,रविन्द्र लम्साल र सुमन कुमार मल्ल विच कडा टकराव हुने देखिएको छ भने सचिव पदका निम्ति उम्मेदवारी मनोनयन दर्ता गराएका खिल प्रसाद भुषाल, दत्त प्रसाद आचार्य, बलराम भट्टराई र भिम वलि विचको भिडन्त पनि कम रोचक हुने देखिएको छैन ।
उप सचिव महिलामा पनि त्रिपक्षिय भिडन्त हुने देखिएको छ उप सचिव महिलामा निर्मला सुनार,रचना श्रेष्ठ र सारदा कुमारी रेग्मि विशवकर्मा उम्मेदवारी दर्ता गराएपछि त्रिपक्षिय भिडन्त हुने भएको हो ।यसैगरि खुल्ला उपसचिव पदका निम्ति पनि चार जनाका विचमा कडा प्रतिस्पर्धा रहने छ , उपसचिव खुल्लातर्फ किशोर थापा,दिपक कुमार वर्मा, सतिस निरौला र सोहनलाल यादवको उम्मेदारी परेको हाम्रा समाचारदाताले वताएका छन ।
यसैगरि लेखा संयोजक १ पदका निम्ति जगदिशचन्द्र शर्मा रशोभाखर अधिकारीले आफनो उम्मेदवारी दर्ता गराएका छन भने लेखा उपाध्यक्ष १ पदका निम्ति डिल्लिराम शर्माको मात्रै उम्मेदवारी परेपछि उनी निविरोध हुने करीवन पक्का पक्कि भएको छ । लेखा सचिव १ पदका लागि विश्वसेन गौतम, लेखा सदस्य महिला ३ पदका लागि चन्द्रकला लामिछाने,जमुना केसि, र नन्दा घिमिरे र लेखा सदस्यखुल्ला १ पदका लागि मोति प्रसाद भुसालको मात्र मनोनयन परेपछि उनीहरु निर्बिरोध निर्वाचित हुने भएका छन ।
युवा खुल्लामा सुमन घिमिरेको मात्र नाम मनोनयनमा परेको छ भने उनी समेत निविरोध सदस्य पदमा निर्वाचित हुने देखिएका छन ।
यसैगरि भुगोल, महिला, क्षेत्र, पालिका लगाएत विभिन्न कलस्टरबाट प्राय उम्मेदवारी एकल परेको पाईएको छ । मुख्य गरि पदाधिकारीको पदमा नै भिडन्त हुने भएको निर्वाचन मण्डलले न्युज मानसरोवरलाई वताएको छ ।