१४ मंसिर २०८१, शुक्रबार

नेपालगञ्जमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण
  • न्युज मानसराेवर

नेपालगञ्ज : नेपालगञ्जमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्न थालिएको छ । नगरका २३ वटै वडाका २३० सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्ने लक्ष्यका साथ जेठ ४ गतेदेखि सामुदायिक कुकुर बन्ध्याकरण शिविर संचालन गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका पशु सेवा शाखाको आयोजना एवम् होराइजन भेट क्लिनिक एण्ड पेट सप नेपालगञ्जसंगको सहकार्यमा संचालित शिविर जेठ ८ गतेसम्म चल्ने पशु सेवा शाखा प्रमुख लक्ष्मी शाहीले बताइन् । शिविरमा होराइजन भेट क्लिनिकका डा. शिव भुसाल र डा. सुरज थारु नेतृत्वको ४ जना डाक्टर तथा ३ जना प्रविधिक टोलीले बन्ध्याकरण गरिरहेको शाहीले जानकारी दिइन् । समुदायबाट कुकुर छोप्न ४ जना डग क्याचर परिचालन गरिएका छन् ।

सामुदायिक कुकुरको संख्या घटाउने, रेविज रोगको संक्रमण न्यूनीकरणमा मद्दत गर्ने, कुकुरबाट मानिस र अन्य जनावरमा सर्ने विभिन्न रोगहरुको संक्रमण कम गर्ने तथा सामुदायिक कुकुरलाई शान्त बनाउने उद्देश्यका साथ प्रत्येक वर्ष बन्ध्याकरण शिविर चलाउँदै आएको शाहीको भनाई छ ।

  • ७ जेष्ठ २०८१, सोमबार प्रकाशित

  • Nabintech