८ श्रावण २०८२, बुधबार

लामिछानेको स्मृतीमा कौशिलानगरमा श्रद्धाञ्जलि सभा
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बैशाख २८ गते निधन भएका कोहलपुर १ कौशिलानगर निवासि स्व. ऋषिराम लामिछानेको १३ औं दिनको पुण्य तिथीका अवसरमा राष्ट्रिय जनमोर्चा जिल्ला कार्य समिती बाँकेले एक श्रद्धाञ्जली सभाको आयोजना गर्दै स्व. लामिछाने प्रति भावपुर्ण श्रद्धा सुमन ब्यक्त गरेको छ ।

२००१ साल भाद्र २७ गते कास्कि पोखराको    तार्काङ्ग  गाविसमा पिता स्व. डण्डपानी लामिछाने र माता मन कुमारी लामिछानेको कोखबाट जन्मिएका स्व. ऋषिराम लामिछाने बसाई सराईकै क्रमममा २०१८ सालमा चितवनको माडि हुदै २०३७ सालमा बाँकेको कोहलपुर १ कौशिलानगरमा आएर लामो शंघर्ष तथा दु:ख ब्यतित गर्दै कम्युनिस्ट विचारधारालाई आत्मसाथ गर्दै २०७५ सालमा राष्ट्रिय जनमोर्चाको सदस्यता प्राप्त गरेका थिए । ३ छोरा र २ छोरीका धनि स्व. लामिछानेका धर्मपत्नि समेत रहेकी छिन ।

गत बैशाख २८ गते  सदाकालागि अस्ताएका लामिछानेको योगदानको उच्च मुल्यांकन गर्दै राजमो बाँकेले उनको अवसानको १३ औं दिनको पुण्य तिथीमा श्रद्धाञ्जली सभा लामिछाने निवास कोहलपुरमा सम्पन्न गरेको हो । राष्ट्रिय जनमोर्चा जिल्ला कार्य समितीका अध्यक्ष मोमिना खातुनको अध्यक्षतामा आयोजित श्रद्धाञ्जली सभामा बिभिन्न पार्टि संबद्ध तथा गैर पार्टिका ब्यक्तिहरुले समेत शोक मन्तब्य ब्यक्त गर्दै स्व. लामिछानेको वारे चर्चा परिचर्चा गरेका छन ।

शोक सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा केन्द्रिय कार्यकारी अध्यक्ष एबं पुर्व सांसद रेश्मिराज नेपालीले स्व. लामिछानेले नेपाली कम्युनिस्ट आन्दोलनलाई पुरयाएको योगदानको चर्चा गर्दै ”उनको मरण एक बिशिष्ट र आझपुर्ण मरण” भएको बताए । उनले ”जन्म संयोग भएको र मृत्यु शास्वात सत्य’‘ भएको चर्चा गर्दै स्व. लामिछानेको अवसानले पार्टा पंतिमा ठुलो क्षति भएको बताए ।

श्रद्धाञ्जली सभामा पुर्व सांसद हरि आचार्य, अखिल नेपाल राष्ट्रिय उद्योग ब्यापार संघका केन्द्रिय अध्यक्ष ढुण्डिराज शर्मा, लुम्विनी प्रदेश सल्लाहकार सदस्य बासुदेव लम्साल, जगदिश ढकाल लगाएतका बक्ताहरुले शोक मन्तब्य ब्यक्त गरेका थिए ।

स्व. ऋषिराम लामिछानेका तीन छोराहरुमा जेष्ठ पुत्र कोहलपुर क्षेत्रैकै लब्ध प्रतिष्ठित ज्वाला ईलेक्ट्रोनिक्सका सञ्चालक हुन भने माइर्ला पुत्र शंकर लामिछाने नेपाल पत्रकार महासंघ बाँकेका कार्य समिती सदस्य एब नेशनल लाईफ ईन्सरेन्स कोहलपुरका एजेन्सि मयानेजरका रुपमा कार्यरत रहेका छन । त्यसै गरि कान्छा पुत्र शरद लामिछाने पनि ईलेक्ट्रिक ब्यबसायमै अब्बल हस्तिका रुपमा दर्ज भएका ब्यक्तित्व हुन । तीनै जनाको पार्टिमा अहम भुमिका रहेको राजमो बाँकेले जनाएको छ ।

शोक सभामा लुम्विनी प्रदेशका सांसद तथा पुर्व मन्त्रि कृष्ण केसि नमुनाको समेत उपस्थित रहेको थियो भने कार्यक्रमको सञ्चालन राजमो बााके सचिव मान वहादुर विकले गरेका थिए । यस दुखद घडिमा न्युज मानसरोवर परिवार पनि मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तब्ध परिवार जनहरुप्रति गहिरो समवेदना प्रकट गर्दछ ।

लामिछानेलाई पितृ शोक

  • ८ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • Nabintech