काठमाण्डौँ\जनस्वास्थ्य प्रयोगशालाले गरेको जिनोम सिक्वेन्सिङबाट कोभिड(१९ को नयाँ ंसब(भेरिएन्ट’ भेटिएको पुष्टि भएको हो। अल्फा, बेटा, डेल्टा र ओमिक्रोन हुँदै कोरोनाका नयाँ नयाँ भेरिएन्ट फेला परेका थिए। नेपालमा पुष्टि भएको ‘केपी।१’ र ‘केपी।२’ ओमिक्रोन भेरिएन्टको सब(भेरिएन्ट हो।
राष्ट्रिय प्रयोगशालाका अनुसार पछिल्लो समय सिंगापुर, अमेरिकासँगै अफ्रिकी मुलुकमा देखिएको कोभिड(१९ को ओमिक्रोन भेरिएन्टको नयाँ सब(भेरिएन्ट ‘केपी।१’ र ‘केपी।२’ नेपालमा पुष्टि भएको हो।
प्रयोगशालाले गरेको ४० वटा कोभिड संक्रमितको जिनोम सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतमा ‘केपी।१’ र ‘केपी।२’ नेपालमा पुष्टी भएको प्रयोगशालाले जनाएको छ। हाल यो भेरिएन्टको कोरोना अमेरिका, भारत र सिङगापुर जस्ता देशमा भेटिएको छ। विश्व स्वास्थ्य संगठनले यो संक्रमण घातक नभएको बताए पनि दीर्घ रोगी र बालबालिकाले भने सचेत हुनुपर्ने जनाएको छ।