१० मंसिर २०८१, सोमबार

बाँकेमा सामुदायिक वन पुन:स्थापना कार्यक्रम सुरु
  • न्युज मानसराेवर

बाँके: बाँके राष्ट्रिय निकुञ्जका जनावर र भारतको सुहेलवा आरक्षका विभिन्न प्रजातिका जनावरको सहज र सरल ओहोरदोहोरका लागि निर्माण गरिएको कम्दी जैविक मार्गको विकास र संरक्षण गर्न सामुदायिक वन पुन:स्थापना कार्यक्रम सुरु गरिएको छ ।

तराई भू–परिधि कार्यक्रम तालको सहयोगमा कम्दी जैविक मार्गमा पर्ने राप्तीसोनारी ६ को राप्तीपीडित तथा गुलरी सामुदायिक वनमा सामुदायिक वन पुनस्र्थापना कार्यक्रम अन्तर्गत जावरको सहज ओहोरदोहोरका लागि तारबार गरिएको छ । तराई भू–परिधि कार्यक्रमको पाँच लाख १० हजार तथा स्थानीय योगदान एक लाख ३२ हजार ९५० गरि जम्मा छ लाख ४२ हजार ९५० रुपियाँँको लागतमा एक हजार ४५० मिटर क्षेत्रमा तारबार गरिएको छ ।

डिभिजन वन कार्यालय बाँके, सामुदायिक वन तथा वातावरण संरक्षण समन्वय समिति कम्दीको सहयोग समेतमा तारबार गरिएको तराई भू–परिधि कार्यक्रमका फिल्ड सुपरभाइजर तिलक चौधरीले बताउनुभयो । उहाँले कम्दी क्षेत्रमा वन पुनस्र्थाथापना कार्यक्रमले वन्यजन्तुलाई ओहोरदोहोर गर्न सहजता हुने र पहिलाको तुलनामा जैविक मार्ग प्रभावकारी हुने विश्वास गरिएको बताउनुभयो । सो जैविक मार्गको विकासपछि बाँके राष्ट्रिय निकुञ्जका वन्यजन्तुहरु कम्दी जैविक मार्ग हुँदै भारतको सुहेलवा वन्यजन्तु आरक्षसम्म ओहोरदोहोर गर्न सहज हुने तराई भू–परिधि कार्यक्रमका फिल्ड सुपरभाइजर चौधरीको भनाइ छ ।

विशेषगरी यस क्षेत्रबाट वन्यजन्तु ओहोरदोहोर गर्ने भएकोले जैविक मार्गको विकास गर्न सामुदायिक वन पुनः स्थापना कार्यक्रमलाई जोड दिइएको तराई भू–परिधि कार्यक्रमले जनाएको छ । तारबारपछि सो क्षेत्रमा वृक्षरोपण गरिने सामुदायिक वन उपभोक्ता समूहले जनाएको छ । सो क्षेत्रको संरक्षण र प्रवर्धनपछि नेपाल र भारतका वन्यजन्तुलाई दुबैतर्फ ओहोरदोहोर गर्न सहज हुने बताइएको छ ।

  • १७ जेष्ठ २०८१, बिहीबार प्रकाशित

  • Nabintech