डुडुवा, बाँके: डुडुवा गाउँपालिका गाउँसभा सदस्य तथा वडा नम्बर १ का वडा सदस्य रामसागर लोनियाको निधन भएको छ । लामो समयदेखि मुटु रोगको समस्याले बिरामी भएका उनको उपचारको क्रममा विहिवार निधन भएको हो ।
वडा सदस्य लोनियाको निधनको घटनाप्रति गाउँपालिका स्तब्ध भएको वताईएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शोक बक्तव्य जारी गर्दै शोकको दु:खद घडीमा मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति धेर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
वडा सदस्य हरिजनको निधनको शोकमा गाउँपालिकाले आज शुक्रबार एक दिन सार्वजनिक विदा दिएको छ । गाउँ कार्यपालिकाको कार्यालय, गाउँपालिका अन्तर्गतका ६ वटै वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यक सेवाहरु बाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द रहने पालिकाले निर्णय गरेको छ ।