८ बैशाख २०८२, सोमबार

सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मल्लसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • न्युज मानसराेवर

बाँके\अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।गाउँपालिकाको वडा नम्बर ७ मा सडक निर्माण कार्यमा अनियमितता भएको भन्दै अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

इन्जिनियर प्रकाश आचार्य र असिस्टेन्ट सव-इन्जिनियर बिक्रम बुढा, सडक निर्माण श्रम समितिका अध्यक्ष हस्तबहादुर बुमी, कोषाध्यक्ष धौली कामी र सचिव केवल बुढासहितविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार नापी किताबमा गलत विवरण उल्लेख एवं कार्यसम्पन्‍न प्रतिवेदनसमेत तयार गरी सोही प्रतिवेदनका कागजातहरूको आधारमा १३ लाख ७२ हजार ३४९ रुपैयाँ भुक्तानी दिएको पाइएको छ ।

त्यसै गरी सोरु गाउँपालिका गाउँ कार्यपालिका सदस्य एवं अनुगमन समिति संयोजक दलवीर सार्की र सोरु गाउँपालिका वडा नम्बर ७ का तत्कालीन वडाध्यक्ष राजेन्द्र बुमीविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

  • १८ जेष्ठ २०८१, शुक्रबार प्रकाशित

  • Nabintech