काठमाण्डाै: पेरिस ओलम्पिकको तयारीका लागि ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पर्सि आइतवार श्रीलङ्काको कोलोम्बो जाने भएका छन् । प्रिन्स कोलोम्बोमा राइजिङ स्टार्स ब्याडमिन्टन एकेडेमीमा २० दिन प्रशिक्षणमा रहने छन् । उनको प्रशिक्षण आइतवारदेखि नै शुरु हुनेछ । प्रिन्स दाहाललाई इन्डोनेसियाको राष्ट्रिय टिमसमेत सम्हालिसकेका इन्डोनेसियाकै टोनी वाहयुदीले प्रशिक्षण दिने छन् । प्रिन्स पेरिस ओलम्पिकका लागि वाइल्ड कार्डमार्फत छनोट भएका हुन् ।
प्रिन्ससँगै ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदीप योञ्जन पनि श्रीलङ्का जाने छन् । उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले आज एक कार्यक्रमबीच बिदाइ गर्नुभएको छ ।