बाँके\ सन् २०२४ को पहिलो पाँच महिनामा ५ लाखभन्दा बढी पर्यटक नेपाल आउका छन्। जनवरीदेखि मेसम्म ५ लाख ६ हजार २ सय ८० पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ। पछिल्लो महिना मेमा मात्र ९० हजार २ सय ११ पर्यटक नेपाल आएका छन्।
यस वर्ष पहिलो स्थानमा भारतीय पर्यटकको आगमन भएको छ। दोस्रोमा चीन र तेस्रोमा अमेरिकाका पर्यटक छन्। सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा वार्षिक १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। यो पूरा हुन अफ सिजनका महिनामा समेत १ लाखभन्दा बढी पर्यटक आउनुपर्छ। नेपालले हवाईजहाजबाट आउने भारतीयलाई मात्र पर्यटक मान्छ। सोहीकारण स्थलमार्गबाट आउने ठूलो संख्याका भारतीय भने पर्यटक भने गणनामा पर्दैनन्।
सन् २०२४ को कुन महिना कति पर्यटक ?
जनवरी: ७९,१००
फेब्रुअरी: ९७,४२६
मार्च: १,२८,१६७
अप्रिल: १,११,३७६
मे: ९०,२११