केही हप्ता अगाडि एक महिला (सार्वजनिक व्यक्ति) ले आफू गर्भवती भएकोमा खुशी साट्दै सामाजिक सञ्जालमा तस्विरहरू पोस्ट गरिन् । तस्विरहरूमा उनले आफ्नो बेबी बम्प देखाएकी थिइन् भने श्रीमानले पेटमा चुम्बन पनि गरेका थिए ।
गर्भवती हुनु कुनै पनि महिलाको लागि आत्मिक खुशी र गर्वको विषय हो । गर्भवती महिलाले आफ्नो खुशी सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत खुशी शेयर गर्नु पनि अन्यथा होइन । कतिपय महिलाहरूले यसलाई महिला सशक्तीकरण र महिला स्वतन्त्रतासँग जोडेर पनि हेर्ने गरेका छन्, तर गर्भवती पेट सार्वजनिक गर्ने कार्यलाई आममानिसले भने त्यति रुचाएको पाइँदैन । खासगरी विभिन्न क्षेत्रमा चर्चित महिलाहरुले यस्ता तस्विर राख्दा तीव्र आलोचना र ट्रोलको आँधीबेरी सामना गर्नु परिरहेको हुन्छ ।
नेपालमा आममहिलाको अवस्था, उनीहरु हुर्किरहेको समाज र पारिवारिक संरचना यी नायिकाको जस्तो छैन । उनले जसरी तामझाम तरिकाले आफ्नो गर्भावस्था सेलिब्रेट गर्ने हैसियत कमै महिलाहरुले राख्छन् । दूरदराजका महिलाहरु त गर्भावस्थामा पोसिलो खानेकुराबाट समेत वञ्चित हुन्छन् ।
एक नायिका गर्भवती हुँदा निकै चर्चामा आइन् । उनले आफू गर्भवती भएदेखि बच्चा जन्माउने बेलासम्मका अनगिन्ती तस्विर विभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने गरेकी थिइन् । उनको गर्भावस्थाको अपडेट राष्ट्रिय सञ्चारमाध्यममा समेत आइरहन्थे । एक राजनीतिज्ञले त ट्विटरमार्फत उनले सामाजिक संरचना र पिछडिएको सोचलाई भत्काएको भनेर बधाईसमेत दिए । कतिले उनको सिको पनि गरे, तर अधिकांश मानिसहरुले भने उनको यस्तो क्रियाकलापलाई सहज रुपमा पचाउन सकेनन् । यसलाई विदेशी संस्कारको भद्दा नक्कल र आडम्बरको संज्ञा दिँदै धेरैले भर्त्सना गरेका थिए, तर ती नायिकालाई यसले कुनै फरक परेन । तस्वीर हाल्ने क्रम जारी राखिन् । बच्चा जन्मिएपछि मात्रै उनी रोकिइन् ।
नेपालमा आममहिलाको अवस्था, उनीहरु हुर्किरहेको समाज र पारिवारिक संरचना यी नायिकाको जस्तो छैन । उनले जसरी तामझाम तरिकाले आफ्नो गर्भावस्था सेलिब्रेट गर्ने हैसियत कमै महिलाहरुले राख्छन् । दूरदराजका महिलाहरु त गर्भावस्थामा पोसिलो खानेकुराबाट समेत वञ्चित हुन्छन् । नायिकाले दिनदिनै अनौठा अनौठा तरिकाले प्रेग्नेन्सी सेलिब्रेट गरेका तस्विरहरु राख्दा आर्थिक स्थिति कमजोर रहेका गर्भवती महिलाहरुको मानसिकतामा कस्तो असर पर्नसक्छ भन्ने सोच्न सकिनन् । धेरैले पछ्याउने एक सार्वजनिक व्यक्ति भएको हिसाबले सायद उनले यति कुरा ख्याल राख्नुपर्ने थियो, तर उनीमाथि जे जस्ता गालीगलौज र लाञ्छना लगाइयो, त्यो पनि स्वाभाविक भने थिएन ।
गर्भावस्था यस्तो स्थिति हो, जहाँ महिलाको शारीरिकमात्र नभएर मानसिक स्वास्थ्य पनि संवेदनशील हुन्छ । यस्तोमा नराम्रा प्रतिक्रिया र अनावश्यक गालीगलौजले उनको मानसिक स्वास्थ्यमा प्रभाव पर्नसक्छ । हुन त नायिकाहरू पनि ट्रोल र आलोचनामा अभ्यस्त नै हुन्छन्, तर पनि गर्भवती अवस्थामा उनको मनोविज्ञानमा अरुबेला जस्तो सामान्य नहुन सक्छ । उनको मानसिक स्वास्थ्य तलमाथि हुँदा पेटमा हुर्किरहेको बच्चालाई पनि असर गर्नसक्छ ।
सार्वजनिक व्यक्तिहरू (सेलिब्रेटीहरू)ले गर्भावस्थाका तस्विरहरू सामाजिक सञ्जालमा राख्दा आउने धेरै प्रतिक्रिया मैले नियालेकी छु । ‘कसैले नबोकेको पेट यसैले बोकेकी रहिछ’, ‘यसको फुर्ती हेर्दा त डाइनोसर नै जन्माउँछे कि क्यो हो ?’ भन्ने जस्ता प्रतिक्रिया बग्रेल्ती भेटिन्छन् । यस्ता प्रतिक्रियाले पनि हाम्रो सामाजिक संरचना, चेतनाको स्तर तथा सोचाइको झल्को दिन्छ, तर सेलिब्रिटीले पनि तस्विरहरु राख्दा धेरै कुरा सोचविचार गर्न चुकिरहेका हुन्छन् ।
गर्भावस्था यस्तो स्थिति हो, जहाँ महिलाको शारीरिकमात्र नभएर मानसिक स्वास्थ्य पनि संवेदनशील हुन्छ । यस्तोमा नराम्रा प्रतिक्रिया र अनावश्यक गालीगलौजले उनको मानसिक स्वास्थ्यमा प्रभाव पर्नसक्छ । हुन त नायिकाहरू पनि ट्रोल र आलोचनामा अभ्यस्त नै हुन्छन्, तर पनि गर्भवती अवस्थामा उनको मनोविज्ञानमा अरुबेला जस्तो सामान्य नहुन सक्छ ।
गर्भावस्थाको उत्सव मनाउनु तथा आफ्नो गर्भावस्थाको क्षण र शारीरिक परिवर्तनलाई तस्विर र भिडियोमा कैद गरेर राख्नु कुनै नराम्रो कार्य त होइन । आफू जे जसरी खुशी भइन्छ, त्यो सबैले गर्नुपर्छ र गर्न पाउनुपर्छ, तर समस्या के हो भने सेलिब्रेटीहरूले त भयानक खर्च गरेर त्यस्ता उत्सव मनाउँछन्, उनीहरुलाई आदर्श मान्ने र पछ्याउनेहरुले त्यसको सिको गर्न खोज्छन् नै । सक्नेहरुले त गर्छन्, तर सबैको आर्थिक क्षमताले भ्याउँदैन । दुई छाक पेटभरि खान नपाउने महिलाहरु पनि धेरै छन्, उनीहरुले कहाँबाट बेबी सावर गर्नु ? यसले गर्दा उनीहरुमा पक्कै पनि हीनताबोध सवार हुनसक्छ । यो भनेको मानसिक स्वास्थ्यमा जोडिने कुरा हो । तसर्थ सेलिब्रेटीहरूले आफ्ना हरेक क्रियाकलाप सार्वजनिक गर्दा विचार पुर्याउनु जरुरी हुन्छ ।
मैले चिनेको एक बहिनीले बेबी सावर गरेका तस्विरहरू पोस्ट गरिन् । उनले राखेका तस्विरहरूमा ८-१० जना व्यक्तिले उनको पेटमा प्रेमपूर्वक स्पर्श गरिरहेका थिए । तस्विरहरू हेर्दा लाग्थ्यो कि सञ्जालमा हाल्न नै उनीहरुले त्यो अभिनय गरिरहेका छन् । बहिनीलाई साँच्चै हौसला प्रदान गर्ने र आत्मीय शुभकामना दिइएको त्यहाँ देखिँदैन । तस्विरहरु नियालेर हेर्दा यस्तो महसुस हुन्छ कि बहिनीको गर्भावस्थालाई मजाक बनाइएको छ । मानांै, बहिनीले पेटभित्र आफ्नो बच्चा होइन, कुनै खजाना सजाएर राखेकी छन् ।
यो सबै सामाजिक सञ्जालमार्फत भित्रिएको पाश्चात्य संस्कृतिको उपज नै हो । मैले यो भन्न खोजेको होइन कि महिलाहरू गर्भावस्थामा निरीह भएर बस्नुपर्छ र घर बाहिर निस्किएर रमाउनु हुँदैन । अवश्य पनि गर्भवस्थालाई खुलेर, मनैदेखि खुशी भएर रमाउन पाउनु महिलाहरूको नैसर्गिक अधिकारभित्र पर्छ, तर रमाउनुको अर्थ सामाजिक सञ्जालमा निजी तस्विरहरुको विस्कुन लगाउनुमात्र होइन ।
शहरिया र आधुनिक महिलाहरूले आजभोलि पार्ट-पार्ट गर्दै धेरै दिनसम्म बेबी सावर मनाउन थालेका छन् । एक प्रकारले गर्भावस्थाको बजारीकरण भइरहेको छ । पार्टी प्यालेसदेखि बुटिकहरुसम्मलाई फलिफाप छ, तर यस्ता समारोहमा आपसी हार्दिकता र आत्मिक खुशीभन्दा पनि हाहाहुहुमात्र देखिन्छ । आमा बन्न लागेकी महिलाको स्वास्थ्य संवेदनशीलतामा कसैको पनि ध्यान पुगेको हुँदैन । चर्को स्वरमा गीत बजाउने, नाच्ने, होहल्ला गर्ने र टिकटक बनाउने, सबैको चासो यति नै हुन्छ ।
सार्वजनिक व्यक्तिहरू (सेलिब्रेटीहरू)ले गर्भावस्थाका तस्विरहरू सामाजिक सञ्जालमा राख्दा आउने धेरै प्रतिक्रिया मैले नियालेकी छु । ‘कसैले नबोकेको पेट यसैले बोकेकी रहिछ’, ‘यसको फुर्ती हेर्दा त डाइनोसर नै जन्माउँछे कि क्यो हो ?’ भन्ने जस्ता प्रतिक्रिया बग्रेल्ती भेटिन्छन् ।
गर्भावस्थाको उत्सव मनाउन हाम्रो आफ्नै मौलिक संस्कार नभएको होइन । गर्भवती महिलालाई दही च्यूरा खुवाउने चलन परम्परादेखि चल्दै आएको छ, तर अहिले यो चलनलाई तोडमोड गरेर बेबी सावरमै मिसाउन थालिएको पाइन्छ ।
विगतमा महिलाहरू गर्भवती हुँदा उनीहरूको मानसिक स्वास्थ्य तथा अन्य कुराहरूमा विशेष ध्यान दिइँदैनथ्यो । गर्भवती महिलाहरूले आफ्नो पेटलाई ढाकेर राख्नुपर्छ भन्ने मान्यता थियो । माइती पक्षका आफन्तहरू विभिन्न मिष्ठान्न तथा खानेकुरा, फलफूल तथा लुगाफाटो लिएर गर्भवती चेलीलाई भेट्न जान्थे । हौसला तथा आत्मबल प्रदान गर्थे । उनको कुरा सुनिदिने तथा उनलाई सल्लाह सुझाव दिने गर्थे ।
सासू-ससुराको खटन र दलनमा परेका महिलाहरु आफ्नो माइती भेट्न पाउँदा र आफ्नो दुःख बाँड्न पाउँदा प्रफुल्लित हुन्थे, तर आजभोलि यस्तो अवस्था छैन । पहिले जस्ता बुहारीले घरपरिवारभित्र दबिएर बस्नुपर्दैन । हातमा मोबाइल भएपछि माइतीलाई आफ्नो सुखदुःख सुनाउन पनि कुनै आइतबार पर्खिनु पर्दैन । त्यसैले पनि दही च्यूराको चलन अप्रासंगिक भएको पो हो कि ?
बेबी सावर मनाउनुमा पनि कुनै समस्या होइन, तर उत्सव मनाउने बहानामा अपाच्य ढंगले रमाइलो कम तर देखावटीपन बेसी हुँदै जानु ठूलो समस्या हो । महिलाहरूले खुशी भएर बाँच्न पाउनुपर्छ । महिलाहरू दबिनु हुँदैन, अधिकारबाट वञ्चित हुनुहुँदैन, तर उत्सव मनाउने नाममा उनीहरू समस्यामा पनि पर्न हुँदैन । उनीहरुको जीवनको एकदम सुन्दर र महत्वपूर्ण अवस्थालाई कसैले मजाक बनाउन नपाऊन् ।
गर्भवती महिलाहरूले आफ्नो पेटलाई ढाकेर राख्नुपर्छ भन्ने मान्यता थियो । माइती पक्षका आफन्तहरू विभिन्न मिष्ठान्न तथा खानेकुरा, फलफूल तथा लुगाफाटो लिएर गर्भवती चेलीलाई भेट्न जान्थे । हौसला तथा आत्मबल प्रदान गर्थे । उनको कुरा सुनिदिने तथा उनलाई सल्लाह सुझाव दिने गर्थे ।
महिला सशक्तीकरण भनेकोे महिलाहरूले आफ्नो निर्णय क्षमता विकास गर्नु तथा निर्णायक तहमा उनीहरूको भूमिका हुनु हो । उनीहरूको आवाजलाई सुनिनु, नीति निर्माण तहमा उनीहरूलाई पुर्याउनु तथा उनीहरूको सर्वाङ्गीण विकासमा जोड दिनु हो । यो सबै हुन उनीहरु शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त हुनु जरुरी छ । महिलाहरूको सर्वाङ्गीण तथा चौतर्फी विकासको लागि घरपरिवार, सामाजिक संरचना तथा राज्यको नीति तथा संरचनाले महत्वपूर्ण भूमिका खेल्छ ।
यो लेखको आशय कुनै पनि महिला या पुरुषको विरोध गर्नु होइन । महिला-पुरुष दुवै समान छन् । समाज तथा राष्ट्रको हरेक पक्षको विकासको लागि महिला र पुरुष दुवै एकजुट भएर अगाडि बढ्नुपर्छ । उनीहरुले बराबर मात्रामा अधिकार, अवसर तथा अन्य पहुँच पाउनुपर्छ । तबमात्र सिंगो राष्ट्रको विकास हुन्छ ।
हाम्रो समाजले अझै पनि महिलाहरूको शारीरिक तथा यौनिक विषयलाई गलत ढंगले हेर्छ । त्यसमा महिलाहरूले सतर्कता अपनाउनुपर्छ र आफ्नो परिवेश र आफू बसेको समाज सुहाउँदो तरिकाले कार्यहरू गर्नुपर्छ । महिलाविना सृष्टिको कल्पना पनि गर्न सकिँदैन । कुनै पनि महिला आमा बन्नु भनेको संसारमै सबैभन्दा सुन्दर अनुभूति हो । महिला गर्भवती हुनु भनेको उनले यो संसारमा नयाँ मानिसलाई भित्र्याउनु हो । कुनै पनि गर्भवती महिला सामाजिक सञ्जाल वा विभिन्न तवरबाट मानसिक रूपमा शिकार नबनून् भन्ने यो लेखको मुख्य अभिप्राय हो । मुख्य कुरा भड्किलो, देखावटी र देखासिखी संस्कारको अन्त्य हुनुपर्छ ।