१३ मंसिर २०८१, बिहीबार

नवनियुक्त प्रदेश मन्त्रि नमुनालाई जिल्लावासिको ध्यानाकर्षण
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: लुम्विनी प्रदेस सरकारका नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री कृष्णा केसी ‘नमुना’लाई बाँकेको एक टोलिले आफनो माग प्रस्तुत गर्दै ध्यानाकर्षण गराएको छ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घले नेपालगन्जको अनियमित विद्युत सेवाबाट उत्पन्न समस्या समाधानका लागि नमुनाको ध्यानाकर्षण गराएको हो ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कबहादुर धामी सहितको टोलिले नेपालगन्जमा अनियमित विद्युतका कारण उद्योगी, व्यवसायी तथा सर्वसाधारणले दुःख खेपिरहेको भन्दै समस्या समाधान गर्न आग्रह गर्दै ध्यानाकर्षण गराएको वताएका छन । उनले देश लोडसेडिङ मुक्त भइसक्दा पनि नेपालगन्जमा अनियमित विद्युत आपूर्तिबाट नेपालगन्जवासी मारमा परेको जिकिर गरे ।

ऊर्जा मन्त्री कृष्णा केसि ‘नमुना’ समक्ष विद्युतको समस्या समाधानका लागि वाणिज्य सङ्घले नीतिगत, कानुनी, विद्युतका भौतिक पूर्वाधार विकास गरेर समाधानका लागि तत्काल गर्नुपर्ने र दीर्घकालीन रूपमा गर्नुपर्ने विभिन्न बुँदाहरू समेटिएका मागसहितको ध्यानाकर्षण पत्र पेस गर्दै ध्यानाकर्षण गराएको मन्त्रिको सचिवालयले वताएको छ ।

ध्यानाकर्षण पत्रमा प्रसारण–सब प्रसारण लाइन र वितरण लाइनमा उपयुक्त साइजको क्यापासिटर जडान गरेर गर्मीको समयमा भोल्टेज सुधार गर्नुपर्ने, जाडो मौसमको तुलनामा गर्मी मौसममा विद्युत मागको अनुपात चार गुणा बढी हुने हुँदा सम्पूर्ण वितरण प्रणाली सुदृढीकरण गरी माग सम्बोधन गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ ।

उर्जामन्त्री ‘नमुना’ ले तत्कालीन र दीर्घकालीन गरी दुई वटा योजना बनाएर नेपालगन्जको विद्युत समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएकी छिन । उनले तत्काल भोल्टेजमा सुधारका लागि ट्रान्सफर्मर जडानलगायतका अन्य कामहरू गरिने र दीर्घकालीन रूपमा पावर हाउसको क्षमता विकासका लागि काम गर्ने बताईन ।

  • २४ जेष्ठ २०८१, बिहीबार प्रकाशित

  • Nabintech