नयाँदिल्ली: प्रकृतिमा समय बिताउनुको अर्थ हुन्छ, पर्यावरणसँग नजिक रहनु। मानिस र प्रकृतिको सम्बन्धबारे धेरै अध्ययन भएका छन्। ती अध्ययनहरूले प्रकृतिसँग समय बिताउँदा शारीरिक र मानसिक मात्र होइन, सामाजिक स्वास्थ्य लाभ पनि प्राप्त हुने उल्लेख गरेका छन्।
युनिभर्सिटी अफ टोकियोको अध्ययनअनुसार प्रकृतिमा समय बिताउँदा मानसिक शान्ति मिल्छ। प्रकृतिले आत्मिक सुख दिन्छ तर मनुष्यको कहिल्यै पूरा नहुने इच्छाहरू पूर्ति गर्दैन।
प्रकृतिमा हराभरा रुख-बिरुवाबाट अक्सिजन प्राप्त हुन्छ। बन्द कोठामा सीधा अक्सिजन प्राप्त हुँदैन। ताजा अक्सिजनले सीधा फोक्सोलाई फाइदा पुर्याउँछ। प्रकृतिमा रुख-बिरुवाबीचमा बसेर योग गर्नुका त फाइदा कति कति !
राति खानापछि केहीबेर छतमा गएर केहीबेर टहल्दा पनि राति राम्रो निन्द्रा आउँछ। तनावमुक्त हुनका लागि पनि यसले चमत्कारकै रूपमा काम गर्छ। मिसिगन विश्वविद्यालयको अध्ययनअनुसार प्रकृतिको बीचमा समय बिताउँदा व्यक्तिको सर्ट टर्म मेमोरीमा सुधार आउँछ।
प्रकृति मानिसका लागि एक यस्तो उपहार हो, जसले सधैं मनुष्यले दिई नै रहेको छ। पानी, वायु, माटो, रुख-बिरुवा, पशुपक्षी, तलाउ-नदीहरू, समुद्र, झरना, पहाड, खनिजलगायत असंख्य संशाधन प्रकृतिले मानिसलाई उपलब्ध गराएको छ। र, हाम्रो जीवन समृद्ध बनाइदिएको छ।
हामीलाई श्वास लिन शुद्ध हावा, पिउन पानी, खानाका लागि फल र अन्न सबै प्रकृतिले नै उपलब्ध गराउँछ। तर, मानिसले प्रकृतिलाई केही दिएको छैन। उल्टै त्यसैको विनाशमा मात्र मानिसको ध्यान देखिन्छ।
वैज्ञानिकहरूले प्लास्टिकको प्रयोग शून्य बनाउन सुझाव दिँदै आएका छन्। प्लास्टिकको प्रयोगमार्फत मानिसले उल्टै प्रकृतिलाई हानी पुर्याउँदै आएको छ। प्लास्टिकको रिसाइकल पनि गर्न सकिँदैन।
यस्ता वस्तु प्रयोग गरौं, जसलाई रिसाइकल गरेर फेरि उपयोग गर्न सकिन्छ। सडक, नाली र नदीहरूमा फोहोर नफालौं। पेट्रोलियम पदार्थ प्रयोग गरिने गाडीको प्रयोग कम गरौं। ज्यादाभन्दा ज्यादा पैदल हिँडौं। आफ्नोतर्फबाट बर्सेनि एक बिरुवा रोप्ने प्रण गरौं। चराचुरुंगीका लागि घरको बाल्कोनीमा भए पनि दाना र पानी राखौं।