१३ मंसिर २०८१, बिहीबार

अछाम र दैलेख जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुँडिदा १४ खच्चर फसे,उद्धार हुदै
  • न्युज मानसराेवर

अछाम:  अछामको पञ्चदेवल नगरपालिका वडा नं ९ कालेकाँडा र दैलेखको आठवीस नगरपालिका वडा नं ४ खिड्कीजिउला जोड्ने पुल चुँडिएपछि आवतजावत अवरुद्ध भएको छ ।

पुलको लठ्ठा चुँडिएपछि ढुवानीको सामान बोकेका १४ वटा खच्चर पुलमा च्यापिएका छन् भने आवत जावत पनि पूर्ण रुपमा ठप्प भएको स्थानीय भरत साउदले जानकारी दिनुभयो ।

अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका खच्चडको उद्धार सुरु भएको छ ।  स्थानीय भरत साउदका अनुसार दुवै जिल्लाका प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले उद्धार थालेको हो ।

पुलबाटै उद्धार सम्भव नभएकाले तार काटेर फसेका खच्चडलाई नदीमा खसाल्न थालिएको छ  । अहिलेसम्म ३ वटा खसालिएको  र  बाँकी खच्चड पनि खसाल्न तार काटिँदै गरिएको उहाँले जानकारी दिनुभयो । तल नदीमा डुंगा राखेर निकाल्ने काम भइरहेको अरु उपाय सम्भव नभएको उहाँले बताउनुभयो ।

साउदका अनुसार पुलमा ५ जना व्यापारीका १६ वटा खच्चड फसेका छन् । नजिकै पक्की पुल रहे पनि व्यापारीले झोलुंगे पुलबाट एकैचोटि धेरै खच्चड लैजान खोज्दा दुर्घटना हुन पुगेको स्थानीयले दाबी गरेका छन् ।

यो झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ । पुल अछामको पञ्चदेवल विनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्ने काम गर्दछ ।

  • २७ जेष्ठ २०८१, आईतवार प्रकाशित

  • Nabintech