१३ मंसिर २०८१, बिहीबार

गर्मी छल्न युबा युबतिहरु कोहलपुर भएर बग्ने सिक्टा नहरमा डुबुल्की मार्दै

पानी त्यति सफा नभएपनी गर्मीले आजित भएका कोहलपुरका नागरिकहरु सिक्टाको सहारा लिंदै

  • न्युज मानसराेवर

कोहलपुर, बाँके: लामो समयदेखिको सुख्खा खडेरिले पश्चिम् तराईका बासिन्दा गर्मिले आक्रान्त परेका छन् । लामो समयदेखि पानी पर्न नसकेपछि नागरिकहरु उखरमाउलो गर्मीले पिरोलिएका छन् ।

गर्मी छल्न कोहलपुरका केही स्थानियहरु सिक्टाको नहरमा पौडी खेलेर दिन बिताउने गरेका छन् । बाँकेको कोहलपुर नगरपालिका अन्तर्गत हुदै बग्ने सिक्टा सिँचाइको नहरमा गर्मि बडेसङ्गै दिनहुँ त्यहाँ पौडि खेल्नेको भिड लागेको हुन्छ। कोहलपुरका बढि युवायुवती र बालबालिकाहरु नहरको पानीमै खेलेर दिन बिताउने गरेको बेटर बांकेका उपाध्यक्ष संजय मण्डल बताउछन । मण्डल भन्छन पानी त्यति सफा त छैन तर पनि युबा युबतिहरु शितलो महसुस गर्न  रमाइलो मान्दै पौडी रहेका हुन्छन् ।

हिजोआज बिहानको पढाइ छ । त त्यसपछि घरमा त्यसै बस्यो भोल्टेज नभएको कारण पंखा चल्दैन गर्मीले सताउँछ, त्यही भएर साथिहरुसङ्ग नहरमा नुहाउन आउँने गर्छौ । नहरमा पौडी खेल्दा गर्मीबाट राहत पुग्ने गरेको कोहलपुर ३ मदनचोकका रमेश केसिको भनाई छ।

पाैडी खेल्न कतिपय बालबालिकाबिच प्रतिस्पर्धा नै चल्छ । गर्मिले आत्तिएका बालबालिकाहरु जोखिम मिलेरै भएनि पौडिएको केसि बताउनु । तराई र मधेशका जिल्लामा गर्मी छल्न ग्रामीण क्षेत्रका बालबालिकाहरु यसरी नै नहर र पोखरीको पानीमा नुहाउने गर्छ्न ।

smart

बाँकेमा यसपटक ४३ /४४डिग्री सेल्सियससम्म तापक्रम पुग्ने गरेको छ । अत्यधिक तापक्रम बढेका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । चर्को गर्मीका कारण बजार क्षेत्रमा मानिसको चहलपहल कम भएको छ भने खुला आकाशमा काम गर्ने मजदुर बढी प्रभावित भएका छन् ।
यस्तै, बढ्दो तापक्रम र तातो हावाका कारण खटिरा आउने, शरीर चिलाउने, टाउको दुख्ने, रिङटा लाग्न, ज्वरो आउनेलगायत स्वास्थ्यका समस्या देखिन थालेका छन् । बढ्दो गर्मीसँगै उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेको शिक्षण अस्पताल कोहलपुरले जानाएको छ।

यसै गरी, गर्मी बढेकाले बालीनाली सुक्न थालेका छन् । कतिपय हाते लगायत पानीका स्रोत सुक्न थालेका छन् । जसले गर्दा कोहलपुर क्षेत्रमा यति बेला खाने पानीको समेत हाहाकार भएको छ।

  • १ असार २०८१, शनिबार प्रकाशित

  • Nabintech