कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिका नगर शिक्षा शाखाले अत्याधिक गर्मि बढेसंगै मौसम प्रतिकुल भएको जनाउदै आज ५ गते देखि ७ गते सम्मका लागि विद्यालयहरु सञ्चालन समयलाई हेरफेर गरेकोबारे नगर भित्रका विद्यालयहरुलाई परिपत्र जारी गरेको छ ।
शिक्षा तथा खेलकुद शाखा प्रमुख तथा उप सचिव राम वहादुर हमालद्धारा हस्ताक्षरित विद्यालय सञ्चालन तथा ब्यबस्थापन बिषयक परिपत्रमा नर्सरी ईसिसिडि देखि कक्षा ३ सम्मका वालवालिकाहरुको अध्यापन कार्यलाई स्थगन गर्ने र कक्षा ४ देखि १२ सम्मको पठनपाठन विहानी सत्रमा सञ्चालन गर्न भनिएको छ ।
यसैगरि आवश्यकता अनुसार विद्यालय ब्यबस्थापन समितिले नियमानुसार सो सम्वन्धमा निर्णय गरि कार्यान्वय गर्न उल्लेखित उक्त परिपत्रमा मौसम अनुकुलताका कारण विद्यालय सञ्चालन र ब्यबस्थापन गर्न कठिनाई भएको र अत्याधिक गर्मिका कारण विद्यार्थीहरुमा स्वास्थ्य समस्या देखिन सक्ने भन्दै परिपत्र गरिएको उल्लेख गरिएको छ ।