१३ मंसिर २०८१, बिहीबार

मौसम : ६ प्रदेशमा फैलियो मनसुनी वायु
  • न्युज मानसराेवर

काठमाडौं- आज कोशी, वागमती, गण्डकी र मधेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार कोशी र गण्डकीका १-२ स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ। मनसुनी प्रणाली कोशी, मधेश, वागमती र गण्डकीका अधिकांश भूभागमा फैलिसकेको छ। र, लुम्बिनी प्रदेशको पूर्वी भेगमा पनि मनसुनी वायु पुगेको छ।

आज दिउँसो कोशी र वागमतीका केही, मधेश, गण्डकी र लुम्बिनीका थोरै तथा बाँकी भूभागका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशीका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज राति कोशी, मधेश, वागमती र गण्डकीका केही, लुम्बिनीका थोरै तथा बाँकी भूभागका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशीका १-२ स्थानमा भारी वर्षाको सम्भावना छ।

  • ७ असार २०८१, शुक्रबार प्रकाशित

  • Nabintech