१३ मंसिर २०८१, बिहीबार

आज गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ ।    गण्डकी, बागमती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काेशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया देखि पूर्णतया बदली छ । बाँकी भूभागमा आंशिक बदली छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो काेशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुनेछ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, काेशी र मधेस प्रदेशका थोरै तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले राति काेशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुनेछ ।

काेशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

मनसुनी प्रणालीको प्रभाव काेशी, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा छ  । बाँकी भूभागमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव छ ।

  • ८ असार २०८१, शनिबार प्रकाशित

  • Nabintech