१७ माघ २०८१, बिहीबार

चीनमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो
  • न्युज मानसराेवर

बेइजिङ: यो साता दक्षिणी चीनको गुआङडोङ प्रान्तमा मुसलधारे वर्षापछि आएको बाढीबाट मर्नेको सङ्ख्या शुक्रबारसम्म ३८ पुगेको सरकारी सञ्चार माध्यमले जनाएका छन् ।

सरकारी प्रसारक सिसिटिभीले पूरा साता मुसलधारे वर्षाका कारण आएको पहिरो र बाढीबाट हजारौँ घर र सडक क्षतिग्रस्त भएको तथा अर्बौं युआनको नोक्सान भएको जनाएकाे छ ।

केही क्षेत्रमा यो साता शताब्दीकै सबैभन्दा ठूलो बाढीमध्येको एक आएको सिसिटिभीले जनाएको छ । अधिकारीहरूले बिहीबार नौ जनाको मृत्यु भएको बताए पनि शुक्रबार दिउँसोसम्म मर्नेको सङ्ख्या बढेर ३८ पुगेको छ ।

मुसलधारे वर्षाबाट ५५ हजारभन्दा धेरै मानिस प्रभावित भएका छन् । चीनको अधिकांश भागमा यो साता ३५ डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेपछि दक्षिणी क्षेत्रमा मुसलधारे वर्षा भएको छ ।

  • ८ असार २०८१, शनिबार प्रकाशित

  • Nabintech