८ मंसिर २०८१, शनिबार

नेपालगन्ज उपमहानगरको बजेट घट्यो
  • न्युज मानसराेवर

बाँके\पश्चिम नेपालको प्रमुख केन्द्र मानिने नेपालगन्ज उपमहानगरपालिकाको बजेट गत तीन वर्षदेखि घट्दो क्रममा रहेको छ । आर्थिक वर्ष २०७९र०८० मा नेपालगन्जको बजेट दुई अर्ब चार करोड ९८ लाख पारित गरिएको थियो भने आर्थिक वर्ष २०८०र०८१ मा एक अर्ब ८५ करोड ३४ लाख पारित गरिएको थियो । तर आगामी आर्थिक २०८१र०८२ का लागि एक अर्ब ५० करोड ३८ लाख रुपियाँको आय व्यव प्रस्तुत गरिएको छ ।

गत तीन आर्थिक वर्षमा लगातार नेपालगन्जको बजेट घट्दै गएको देखिएको छ । आगामी आर्थिक २०८१र०८२ का लागि प्रस्तुत गरिएको बजेट चालु आर्थिक वर्षको भन्दा करिब ३५ करोड रुपियाँ कम रहेको छ ।

नोपलगन्ज उपमहानगरको सोमबार सुरु भएको नगरसभाको १५औं अधिवेसनमा नगरसभाका उपाध्यक्ष तथा उपमहानगरका उपप्रमुख कमरुद्दीन राईले आर्थिक वर्ष २०८१र०८२ का लागि एक अर्ब ५० करोड ३८ लाख ८६ हजार एक रुपियाँको अनुमानित आयव्यय प्रस्तुत गरे ।
उपमहानगरलाई सङ्घीय सरकारबाट वित्तीय समानीकरणअन्तर्गत २७ करोड ९५ लाख, राजस्व बाँडफाँटबाट १९ करोड ११ लाख ३३ हजार, समपूरक अनुदान एक करोड प्राप्त हुने जनाइएको छ ।

यसैगरी, विशेष अनुदान एक करोड ५० लाख, सशर्त अनुदान ६१ करोड २४ लाख ७७ हजार रुपियाँ रहने जनाइएको छ । प्रदेश सरकारबाट वित्तीय समानीकरण दुई करोड ५ लाख २१ हजार, राजस्व बाँडफाँट एक करोड ४३ लाख २६ हजार, समपूरक अनुदान एक करोड ४० लाख र विशेष अनुदान एक करोड ५० लाख रुपियाँ प्राप्त हुने उपप्रमुख राईले बताए ।

यसैगरी, घरजग्गा रजिस्ट्रेसनबाट ११ करोड, आन्तरिक स्रोतबाट २० करोड ११ लाख, वन रोयल्टीबाट तीन लाख ६६ हजार र बैङ्क मौज्दात एक करोड ५० लाख आन्तरिक आम्दानी रहने अनुमान गरिएको छ ।

 

  • १० असार २०८१, सोमबार प्रकाशित

  • Nabintech