कोहलपुर,बाँके: नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा नेपालले जननेता मदन भण्डारीको ७३ औं जन्म जयन्तिका अवसरमा आज शुक्रवार देशब्यापि रुपमा एक युवा पाँच विरुवा भन्ने नाराकासाथ बृक्षारोपन आव्हान गरे वमोजिम बाँके जिल्लाका विभिन्न स्थानहरुमा बृक्षारोपन कार्यक्रम सम्पन्न भएको छ ।
आज विहानै प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोहलपुर, प्रभात मावि जि गाउँको प्रांगण र नेपालगञ्जमा बृक्षारोपन कार्यक्रम सम्पन्न गरिएको युवा संघ बाँकेले न्युज मानसरोवरलाई जनाएको छ ।युवा संघ कोहलपुर नगर कमिटिले आयोजना गरेको बृक्षारोपन कार्यक्रममा अन्तराष्ट्रिय क्रिकेट मैदान वरपर अमला, हरलो, बरलो, जामुन प्रजाती लगाएतका २ सय पचास भन्दा बढि विरुवाहरु रोपिएको हो ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिव खेम शर्माको प्रमुख आतिथ्यतामा आयोजित उक्त बृक्षारोपन कार्यक्रममा नगर ईन्चार्ज मान बहादुर विसि, नगर अध्यक्ष मानस शाहि ठकुरी लगाएतका युवा नेताहरुले बृक्षारोपनको नेतृत्व गर्दै विरुवा ल्याउने खाडल खन्ने र विरुवा लगाउन उपयुक्त वातावरण तयार पारेको एमाले नगर सचिव हेम कुमार रावतले न्युज मानसरोवरसंगको कुराकानिका क्रममा वताए ।
”संरक्षण प्रकृतिको सुरक्षा सन्तती”को भन्ने मुल नारालाई आत्मसाथ गर्दै देशब्यापि बृक्षारोपनको अभियान चलाएको राष्ट्रिय युवासंगको कोहलपुरमा आयोजित कार्यक्रममा जिल्ला सचिव बलराम भट्टराई, नगर अध्यक्ष कुल बहादुर भट्टराई, कोहलपुर वडा नं. ११ का वडा अध्यक्ष कल्पना शर्मा, ५ का वडा अध्यक्ष एबं नगर उप सचिव दिपेन्द्र श्रेष्ठ, प्रेस चौतारी नगर अध्यक्ष एबं नगर प्रचार प्रसार कमिटिका सह ईन्चार्ज प्रमोद रिजाल, नगर कमिटिका पदाधिकारीहरु, विभिन्न जनवर्गिय संगठनका प्रतिनिधि, नगर प्रहरी तथा नेकपा एमालेका नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
हरेक बर्ष तत्कालिन नेकपा एमालेका महासचिव स्व. जननेता मदन भण्डारीको स्मृतीमा युवा संघले विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गर्दै आएको स्व. भण्डारी वि.सं.२००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिएर चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा परी २०५० साल जेठ ३ गते निधन भएको थियो।
जननेता मदन भण्डारी नेपालको राजनीतिक वृत्तमा मार्क्सवादको नवीन प्रयोगकर्ता, विचारक तथा जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रवर्तकका रुपमा समेत नेकपा एमालेले स्मरण गर्दै आएको छ।