१३ मंसिर २०८१, बिहीबार

ठुलो परिमाणका लत्ता कपडा नेपालगन्जको न्युरोडबाट बरामद
  • न्युज मानसराेवर

नेपालगन्ज:बाँके प्रहरीले नेपालगन्जको न्युरोडबाट ठुलो परिमाणको भन्सार छलेर भित्रिएको लत्ता कपडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज २ न्युरोडको भानुभक्त चोकबाट ३८ लाख बढीको लत्ताकपडा बरामद गरेको हो ।

स्थानीय सोनी गुप्ता घरमा भारतबाट अवैधरुपमा भन्सार छलेर नेपाल भित्राई भण्डारण गरी राखेको रेडिमेड लत्ताकपडा सहित गुप्तालाई नियन्त्रणमा लिएको बाँके प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुर्ता सुरुवाल ४ हजार २७४ पिसको अन्दाजी मूल्य ३४ लाख १९ हजार २०० तथा साडी ८४० पिसको अन्दाजी मुल्य ४ लाख २० हजार गरि जम्मा ३८ लाख ३९ हजार २०० बराबरको सामान बरामद भएको हो । बरामद सामान सहित पक्राउ परेको गुप्तालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगन्ज बुझाईएको प्रहरीले जनाएको छ ।

  • १७ असार २०८१, सोमबार प्रकाशित

  • Nabintech