१३ मंसिर २०८१, बिहीबार

नेपालगञ्जका जुंगे महादेवलाई प्राप्त करोडौं मुल्यको जग्गा गायब !
  • न्युज मानसराेवर

नेपालगञ्ज:नेपालगञ्जको बागेश्वरी मन्दिर पूर्व अवस्थित श्रीशंकर भगवानको पूजाआजाका लागि दानपुन्यमा प्राप्त त्यो जग्गा कहां कसरी गायब गरियो भन्ने बिषयमा बिभिन्न निकायहरुबाट खोजतलास तथा अनुसन्धान जारी रहेको छ ।

नेपालगञ्जका श्रीशंकर भगवानलाई दानमा प्राप्त भएको जग्गा बिभिन्न समयमा सेटिंगमा बिभिन्न ब्यक्ती र निकायहरुको मिलेमतोमा ब्यक्तीमा नाममा दर्ता गरि हिनामिना गरेको बिषयमा प्रधाममन्त्री कार्यालय मातहतको निकाय राष्ट्रिय सर्तकता केन्द्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबीन गरिरहेको पाइएको छ ।

निजि क्षेत्रको सम्पती छानवीन तथा अनुसन्धान गर्ने निकाय सम्पती सुद्धिकरण बिभागले भने केही समय छानबीनमा निकै चासो देखाए पनि केही समय पछी समय पछी पुरै शिथिलता देखाएको पाइएको छ ।

सम्पती सुद्धिकरण बिभागले त नेपालगञ्जका श्रीशंकर भगवानको दानपुन्यको जग्गा सुरेन्द्र बहादुर सिंहले सञ्चालन गर्न लागिरहेको होटेल डायमण्ड प्यालेस प्रा.लि.को नाममा गएको हो वा होइन ? भन्ने बिषयमा बृस्तीत छानबीन नै नगरि सुरेन्द्र बहादुर सिंह हकदार रहेको बिभिन्न कम्पनी एवम फर्महरु र ब्यक्तीगत एवम पारिवारीक सम्पती बिवरणहरुको फायल गहिरो अध्ययन बिना नै त्यसै मुल्तबीमा राखेको आरोप लागिरहेको समयमा सम्पती सद्धिकरणले छानबीनमा शिथिलता देखाएको थियो ।

छानबीन तथा अनुसन्धान गर्ने अन्य नकायहरु राष्ट्रिय सर्तकता केन्द्र र अख्तियार दूरुपयोग अनुसन्धान आयोगले मालपोत र नापी कार्यालय बांकेलाई छुटटा छुटटै पत्र लेखेर त्यो नेपालगञ्जका श्रीशंकर भगवानको दानपुन्यको जग्गाको बिषयमा के–कसो भएको हो ? पछी सम्मलाई फरक नपर्ने गरि इस्पष्ट खुलाई लेखेर जानकारी गराउन पत्रचार गरेको थियो ।

ती दुबै मालपोत र नापी कार्यालयले अख्तियार र राष्ट्रिय सर्तकता केन्द्रलाई पत्रको उत्तर दिन ढिलो गरेपछी ति दुबै कार्यालयलाई जिल्ला प्रशासन कार्यालय बांके मार्फत पनि ताकेता गरिएको थियो ।

नेपालगञ्जमा भगवानको नाममा दानपुन्यमा प्राप्त जग्गा बिभिन्न ब्यक्ती तथा निकायहरुले के–कसरी गायब पारे भन्ने बिषयमा माग गरिएको सूचनाका सम्वन्धमा मालपोत र नापी कार्यालय बांकेका सम्वन्धीत कर्मचारीहरुको छलफल पछी दुबै कार्यालयले आ–आफनो किसिमले प्ररारम्भिक लिखित रिपोर्ट सहित जवाफ राष्ट्रिय सर्तकता केन्द्र र अख्तियार दुरुसयोग अनुसन्धान आयोगलाई पठाईसकेका छन ।

मालपोत र नापीले पठाएको रिपोर्टमा नापीले आफनो कार्यालयमा भएगरेको अभिलेख अनुसार फिल्डबुक र दर्ता भएको रेकर्ड अल्लेख गदै रिपोर्ट पठाएको छ ।

मालपोत कार्यालय बांकेले पुरानो रेकड अर्थात बिक्रम सम्वत २०१४ साल फागुन १९ गते बुधबार मालपोत कार्यालय बांकेको ततकालिन हाकिम सुब्बा लिला प्रशाद उपाध्याय, कायम मुकायम खरदार गणेश बहादुर जोशी मिन बहादुर श्रेष्ठ, शेषनाथ उपाध्याय र शंकर प्रशादलाई साछी राखेर खेमानाथ उपाध्यायले श्रीशंकर जीको पुजाआजाका लागी १ बिघा १० कटठा १२ धुर जग्गा श्रीशंकर भगवानका पुजारी भोलानाथ जोगी मार्फत पछीसम्म बेचबिखन गर्न नपाउने गरि मालपोत कार्यालयको फांटवारी दर्ता पास रजिष्ट्री नम्बर २६२/२३७ अनुसार पास गरेको जग्गाको रेकर्ड मिस म्याच भन्दै पुरानो दर्ता तामेली नभेटीएको भन्दै नयां लगतलाई प्रथामिकतामा राखेर अख्तियार र सर्तकता केन्द्र दुबैलाई गोलमटोल प्रति उत्तर रिपोर्ट बनाएर पठाएको छ ।

बागेश्वरी मन्दिरका जुंगे महादेबले परिचित श्रीशंकर भगवानका नाममा दानपुन्य प्राप्त जग्गा हालको डायमण्ड होटेल प्रा.लि.ले समेत ओगटेको भन्ने बिषयमा बांके नेपालगञ्ज वडानम्बर ३ सुर्खेत रोड स्थित हाल डायमण्ड होटेल प्रा.लि.को नाममा बांके नापी कार्यालयको जग्गा सिट नम्बर ०३५–१४५०–०१ को हालको ६ वटा बिभिन्न कित्तामा रहेको १६ कटठा १८ धुर जग्गाको बिषयमा छानबीन तथा अनुसन्धान गर्ने प्रयास गरिएको छ ।

  • २० असार २०८१, बिहीबार प्रकाशित

  • Nabintech