१० मंसिर २०८१, सोमबार

च्याउ खोज्न जंगल गएकी राप्तिसोनारीकी मिनाक्षीको मृत्यु
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:बाँकेमा बर्षा शुरु भएसंगै नजिकका जंगलहरुमा फुटुकी च्याउ खोज्न जानेक्रम बढदै गएको छ । शुरुका दिनहरुमा प्रतिकिलो ८ सय रुपैयामा खरिद गरेका ब्यापारीहरुले शुक्रवार प्रतिकिलो ३ देखि ४ सयमा खरिद गरेका छन र राम्रो पैंसा आम्दानी हुने देखेर राप्ति सोनारीका सर्वसाधारणहरु विहानै जंगल जाने र थोक ब्यापारीलाई आफुले संकलन गरेको च्याउ बिक्रि गर्ने गरेका छन ।

यहि क्रममा आज राप्ति सोनारी ८ ओभरीमा रुखको हाँगा खसेर लाग्दा सोहि वडाकी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । आज करीव साढे ११ बजे राप्ती सोनारी ८ ओभरी नजिकै जंगलमा च्याउ खोज्ने क्रममा रुखको हाँगा खसेर लाग्दा लक्ष्मण सिंह सारु मगरको श्रीमती वर्ष ३० की मिनाक्षी सारु मगर सख्त घाइते भई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा ल्याईएकोमा उपचारकै क्रममा उनको मृतयु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

  • २१ असार २०८१, शुक्रबार प्रकाशित

  • Nabintech