१३ मंसिर २०८१, बिहीबार

सर्पको टोकाइबाट दाङमा एक जनाको मृत्यु
  • न्युज मानसराेवर

दाङ: दाङमा विषालु सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । सर्पको टोकाइबाट राप्ती गाउँपालिका– २ नयाँ बस्ती निवासी वर्ष ६८ का डल्ले कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि घोराही लैजाने क्रममा  कुमालको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । चार वर्ष पहिले सर्पको टोकाइबाट कुमालको नातिको समेत मृत्यु भएको स्थानीयले बताए ।

  • २२ असार २०८१, शनिबार प्रकाशित

  • Nabintech