१२ मंसिर २०८१, बुधबार

बाँकेको राप्ति पुलमा सवारी साधन चलाउन बन्देज
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेमा अविरल वर्षासँगै आएको बाढीले नदीमा पानीको बहाव बढेपछि राप्ती पुलमा सवारीसाधन चलाउन बन्देज लगाइएको छ ।राप्ती नदीमा पानीको बहाव तीव्र भए पछि पुलमा चारपाङ्ग्रे ठूला सवारीसाधन चलाउन रोक लगाइएको हो ।

साथै साना सवारीसाधनमा समेत रोक लगाइएको प्रहरी चौकी इन्चार्ज मोहन भडेलले बताए । उनले राप्ती नदीको पानीले रोड अवरुद्ध भएपछि सवारी साधनलाई रोक लगाउनु परेको जानकारी दिए । पैदल यात्रुलाई भने ओहोरदोहोर गर्न दिइएको छ।

यसैगरी बाँकेको नरैनापुर जलमग्न भएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताएका छन । कोदीपुर्वा, महतिनिया लगायतका गाउँ डुबानमा परेकोले उद्धारका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी तयारी अवस्थामा रहेको र अति जोखिममा रहेकाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले जनाए ।

  • २३ असार २०८१, आईतवार प्रकाशित

  • Nabintech