२३ भाद्र २०८१, आईतवार

घाममा सुक्यो कोहलपुरको सुशासन, स्वकिय सचिवले खाँदै दाहोरो तलव

महालेखाले अनियमित भएको भनियपनि कानुन नबन्दै यस्ता पदहरुमा राख्न नमिल्ने

  • प्रमोद रिजाल

कोहलपुर,बाँके: सुशासनका चर्का भाषण गर्ने कोहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्यले आफनै स्वकिय सचिवले दोहोरो तलव खाँदापनि अन्देखा गरेको प्रमाण न्युज मान सरोवरले फेला पारेको छ ।स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ (८) मा तोकिय भन्दा फरक पदमा कर्मचारी पदपुर्ति गर्न नहुने भन्ने कानुनी ब्यबस्थालाई कुल्चिदै सबैका आशा भरोसा र कोहलपुरका उदयमान युवा मेयर पुर्ण प्रसाद आचार्यले आफनो स्वकिय सचिवमा गोपाल शर्मा र कानुनी सल्लाहकारमा कर्ण बहादुर केसिलाई स्थानिय तहका सदस्यहरुको सुविधा सम्बन्धि ऐन २०७६ को बर्खिलाप हुने गरि नियुक्ति दिई राज्यको कोषको दुरुपयोग गरेका हुन ।

प्रदेश सरकारले ब्यबस्था नगरेको पदमा पदस्थापना गरि आफनै सुशासनको जिब्रे भाषणलाई उल्टाएका मेयरले पटक पटक महालेखाले औंल्याएको कैफियत देख्दा देख्दै गत आर्थिक बर्षमा स्वकिय सचिव गोपाल शर्मालाई ४ लाख ७५ हजार चार सय नब्बे र कानुनी सल्लाहकार कर्ण वहादुर केसिलाई ५ लाख ५० हजार भुक्तानि हुने गरि नियुक्ति दिई राज्यलाई आर्थिक भार पारेका हुन ।

ओ एण्ड एम तयार सर्भे नगरि विना प्रतिस्पर्धा कर्मचारी भर्ना (स्वकिय सचिव र कानुनी सल्लाहकार) गरि प्रदेश र संघको कानुनलाई समेत लात हानेका मेयर आचार्यले यसबाट जम्मा राज्यलाई १० लाख २५ हजार चार सय नब्बे ब्यय भार पारेका छन । यसलाई महालेखाले अनियमित भएको भनियपनि कानुन नबन्दै यस्ता पदहरुमा राख्न नमिल्ने जानकारहरु वताउछन । यस अघि यस्तै प्रकृतीका पदमा पुर्व नगर प्रमुख लुट वहादुर रावतले राखेर तलव भुक्तानि गरेको पाएपछि महालेखाले कैफियत औंल्याको थियो । कैफियत अध्यन गरेका तत्कालिन नगर प्रमुखले त्यस्ता पदमा आसिन ब्यक्तिहरुलाई आफनो कार्यकालको विचमै विदा दिनु परेको थियो ।

यति सम्म त ठिकै जस्तो लाग्ने गहन बिषय यतीकैमा रोकिएको भने छैन । राम मा.वि. हवलदारपुरका मावि राहत शिक्षक समेत रहेका गोपाल शर्मालाई पुर्ण प्रसाद आचार्यले आफनो स्वकिय सचिवमा राखेर विगार भने केहि गरेनन तर आफनै नगरवाट तलव निकासा हुदा गोपाल शर्माको तलव पनि राम माविमा निकासा भएको उनीलाई थाहा नहुने कुरै भएन तर नगरपालिकावाट स्वकिय सचिव पदको तलव थाप्ने शर्माले राम माविवाट मा.वि. राहत शिक्षकको तलव थापेर दोहोरो तलव खादै आएको तथ्य फेला परेको हो ।

राम माविबाट बार्षिक दशैं भत्ता सहित करिवन ५ लाख ४६ हजार र कोहलपुर नगरपालिकावाट चार लाख ७५ हजार चार सय नब्बे गरि बार्षिक १० लाख २१ हजार चार सय नब्बे तलव थापेका गोपाल शर्माले भने राम माविमा नियमित दैनिक ५ वटा कक्षा अध्यापन गराउदै आएको राम माविका प्रधानाध्यापक जितेन्द्र यादव वताउछन ।

उनले गोपाल सरले अन्त कहाँ के काम गर्नु हुन्छ कहाँ कहाँबाट तलव खानुहुन्छ त्यो आफुलाई थाहा नभएको जिकिर गर्दै आफनो विद्यालयमा भने नियमित हाजिर भएर तलव भत्ता लिने गरेको वताए ।

यसो हो भने यक्ष प्रश्न यहाँनेर के गोपाल शर्माले कोहलपुर नगरपालिकामा कामै नगरि हाजिरी नै नजनाई तलव भत्ता लिंदै आएका हुन त ! यदि तलव भत्ता नगरपालिकावाट लिएका होईनन भने महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा उनले खाएको अनियमित तलवबारे किन उल्लेख गरिएको होला
करनि र कथनीमा फरक हुन्छ भन्ने भनाईलाई चरितार्थ गरेका मेयर पुर्ण प्रसाद आचार्यले पछिल्लो समय सुशासनकालागि खवरदारी  गर्ने आफु ईतर समाचार नलेख्ने , बिरुद्धमा स्टाटस लेख्ने तथा कमेन्ट गर्नेहरुलाई सके आफै नसके सोझा कर्मचारी लगाई साईवर मुद्धा हाल्ने र दु:ख दिने गर्दै आएका छन ।यस बिषयमा नगर प्रमुख पुर्ण प्रसाद आचार्यलाई कल गर्दा उनको कल फरर्वाड मुडमा रहेको पाईयो ।

  • २४ असार २०८१, सोमबार प्रकाशित

  • Nabintech