बाँके:नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँ दरका भारतीय नोट चल्ने व्यवस्था गर्न लागेको छ । मौद्रिक नीतिमा व्यवस्था गर्दै राष्ट्र बैंकले सो दरको नोट खुला गर्न लागेको हो । शुरुमा नेपालमा ५०० र १००० रुपैयाँ दरको नोट चल्दै आएको थियो ।
भारतले नोटबन्दी गरेर पुराना सबै नोट नचल्ने बनाएपछि नेपालमा ती नोटहरु नचल्ने भएका थिए । अहिले भारतले ५०० र २००० दरका नोट छापिरहेको छ । अहिले ५०० रुपैयाँ मात्रै ल्याउन पाउने व्यवस्था हुँदा भारत जाने र भारतमा काम गरेर फर्किनेहरुका लागि अप्ठ्यारो भएकोले यस्तो व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए ।
अनुसार राष्ट्र बैंकले ५०० र १००० रुपैयाँ दरको नोट हुँदा अधिकतम २५ हजार रुपैयाँसम्म बोकेर हिँड्न पाउने व्यवस्था गरेको थियो । यी नोटहरु नचल्दा त्यो व्यवस्था निष्क्रिय अवस्थामा छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८१–०८२ को लागि मौद्रिक नीतिको तयारी गरिरहेको छ । मौद्रिक नीतिका लागि विदेशी मुद्रा विनिमय विभागले ५०० दरको नोट चलाउन प्रस्ताव समेत गरिसकेको विभागका अधिकारीहरु बताउँछन् ।
गैरकानूनी भए पनि अहिले पनि भारतबाट आउने नेपालीहरुले ठूला दरका भारतीय रुपैयाँहरु लिएर आउने गरेका छन् । तर, पछिल्लो समय बोर्डरमा भारुको माग कम हुन थालेपछि भने अधिकांश व्यवसायिक संस्थाहरुले भारु चलाउन छाडेका छन् । ठूला नोट चलाउने निर्णय हुँदा यस्तो रकम सटहीका लागि सहज हुने अनुमान छ ।