७ मंसिर २०८१, शुक्रबार

दक्षिण अफ्रिकाविरुद्ध भारतको जित, शृंखला बराबरी
  • न्युज मानसराेवर

एजेन्सि:महिला ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा घरेलु टोली भारत र दक्षिण अफ्रिकाबीचको शृंखला बराबरीमा टुंगिएको छ । चेन्नईस्थित एमए चिदमबरम क्रिकेट मैदानमा बुधबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा भारतले १० विकेटको सानदार जित निकालेसँगै शृंखला बराबरीमा टुंगिएको हो । जसमा पहिलो खेलमा दक्षिण अफ्रिका १२ रनले विजयी हुँदा वर्षाका कारण दोस्रो खेल बिनानतिजा टुंगिएको थियो । अन्तिम खेल भारतले जितेको हो ।

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ८५ रनको लक्ष्य भारतले १०.५ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो । भारतका लागि स्मृति मन्धनाले ४० बलमा आठ चौका र दुई छक्काको मद्दतले ५४ र शफाली बर्माले २७ रनको योगदान गर्नुभएको थियो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले १७.१ ओभरमा सबै विकेट गुमाउँदै ८४ रनको योगफल तयार पारेको थियो ।

दक्षिण अफ्रिकाका लागि तज्मिन बिर्ट्जले २०, एनेक बोशले १७ र म्यारिजेन कापले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । भारतका लागि पूजा वस्त्राकरले ३.१ ओभरमा १३ रन खर्चिदै चार विकेट लिनुभयो । यसैगरी राधा यादवले तीन तथा अरुन्धती रेड्डी, श्रीयान्का पाटिल र दिप्ती शर्माले समान एक विकेट हात पार्नुभयो ।

  • २७ असार २०८१, बिहीबार प्रकाशित

  • Nabintech