काठमाडौं : नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसाएका दुईवटा बस अहिलेसम्म भेटिएका छैनन् । सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेनाको गोतखोर टोली र नेपाल प्रहरीले बस खसेको केही बेरमै खोजी सुरु गरे पनि बसको अवस्था अझै अज्ञात छ । त्रिशूली नदीमा बाढीको चाप बढ्दै गएको, पानी धमिलो भएको, बस खसेको ठाउँ एकदमै अफ्ठ्यारो भएकाले खोज्न समस्या भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालय कुरिनटारबाट एसएसपी माधव पौडेलको कमान्डमा अहिले ७० जनाको टोली खोजी तथा उद्दारमा खटिएको छ । तर अहिलेसम्म केही पनि फेला पार्न नसकिएको उाँले बताउनुभयो । दुर्घटनास्थलबाट करिब २ सय मिटर तलसम्म गएर गोताखोरको टोलीले खोजी गरिसके पनि बसको अवस्था पत्ता लाग्न नसकेको उहाँले जानकारी दिनुभयो । पानीको चाप अत्यधिक र धमिलो भएकाले नदीको गहिराइसम्म गोताखोर पुग्न सक्ने अवस्था छैन । त्यसकारणले चुम्बक फालेर बसको खोजी सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ । त्यसैगरी हुक लगाएर पनि खोजी भइरहेको छ । लामा–लामा बाँसका भाटा तथा रडको सहायताले पनि खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सिमलतालमा आज बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले बगाएको थियो । तीन यात्रु पौडी खेलेर किनारामा निस्किएका थिए । दुइटा बसमा कति यात्रु थिए अहिलेसम्म यकिन हुन सकेको छैन ।
बेपत्ता ३० जना
-टिकटमा नाम उल्लेख नन्दुजी (मोबाइल नम्बर ९८०९२८८६८०) सहित ५ जना,
-हरिशचन्द्र जी (मोबाइल नम्बर ९८६७७७७५७६) समेत २ जना
-शम्भु/नवीनजी (मोबाइल नम्बर ९८१९२४६८६४ ५) समेत ४ जना
-राजु पटेल (मोबाइल नम्बर ९८०४२८०१४२)
-नन्दन दास (मोबाइल नम्बर ९७०६९३४५५०)
-प्रिन्स जैसवाल (मोबाइल नम्बर ९८१२३५६७७८)
-सिकेन्द्रजी (मोबाइल नम्बर ९८२१२८७२७५)
-वकिल खा (मोबाइल नम्बर ९८१०३१४६४५)
-ओम (मोबाइल नम्बर ९८२६२०१०६२)
-राज किशोर (मोबाइल नम्बर ९८०३८३६३०९)
-नाम थर वतन नखुलेको जोरपाटी काउन्टरबाट चढेका ५ जना
-शैलेन्द्र (मोबाइल नम्बर ९७०७४१७१४०)
-फिरोज/राहुप मिया (मोबाइल नम्बर ९७०३४६५००९)
-बस धनी राकेश जैसवाल (मोबाइल नम्बर ९८१६१०७७५३)
-सहचालक (मोबाइल नम्बर ९८२१८६२९७७)
-बसका चालक किशोर कुमार चौधरी