२३ भाद्र २०८१, आईतवार

पशु ढुवानीमा यातना कहिले सम्म !
  • न्युज मानसराेवर

विहिवार बर्दियाबाट काठमाण्डौ लैजादै गरेका २० खसि मध्य ४ खसि खजुरामा चेकजाँचको क्रममा मरेको अवस्थामा भेटिए । पशु ढुवानी मापदण्ड २०६४ विपरित ढुवानी गरिएका ती खसिलाई ईलाका प्रहरी कार्यालय धनौली खजुराको टोलीले चेकजाँचको क्रममा बरामद मात्र गरेन बा ५ ख १४११ नम्बरको बसको डिक्कीमा कोचाकोच गरी ढुवानी गरी ४ खसी गर्मीले निस्सासिएरै मरेका पाएपछि बसका चालक गुड्डु धोवी र बसका मालीक सन्तोष ज्ञवालीलाई बस सहित प्रहरीले नियन्त्रणमा लियो । खसि नेपालका हुन या भारतका हुन भन्ने नखुलेपनी प्रहरीले खसिलाई पशु ँवारेन्टाईन पठाएको छ । तर यसरी क्रर, अमानविय, त्रादीपुर्ण तरिकाले पशु ढावानी गर्न भने नेपालको कानुनले छुट दिएको छैन । तर कानुनको धज्जि उडाउदै यसरी पशु ढुवानीक्रम भने रोकिएको छैन ।

पशु ढुवानी मापदण्ड २०६४ ले पशुलाई पैदल, गाडा, गाडी, ट्रक, पिकअप, रेल, हवाईजहाज, पानी जहाजमा राखेर स्थलमार्ग, जलमार्ग वा हवाईमार्गबाट ढुवानी गर्न सकिने भनेको छ । ढुवानी गर्दा अपनाउनुपर्ने सावधानीका रूपमा पशुलाई ढुवानी गर्दा हलचल गर्न सकिने, घाउ चोट नलाग्ने, अत्याधिक चिसो वा तातोबाट बचाइ, एक आपसमा ठोक्किएर अंगभंग नहुने गरी सावधानीपूर्वक गर्नु पर्छ भनेर प्रष्ट रूपमा भनेको छ तर ढुवानी गरि ल्याइएको खसीलाई भने निर्मम पीडा दिएर लैजादै गरेको पाइएको हो ।

यसरी ढुवानी गर्दा पशुमाथि असावधानी व्यवहार भएको ठहर हुने पशु ढुवानी मापदण्डमा लेखिएको छ । पशु ढुुवानी गर्ने यातायातको साधन वा गाडिमा पर्याप्त हावाको आवागमन हुने व्यवस्था मिलाउनु पर्ने हुन्छ । यातायातका साधनको भुई वा सतहमा ढुवानी गरीने पशु नचिप्लीने गरी करिब ५ इन्च बाक्लो बालुवा, भुस वा पराल लगायतका उपयुक्त सामाग्रीको सोत्तर हालेको हुनु पर्ने हुन्छ ।

त्यस्तै यस्तो साधनमा मल मुत्र सजिलै बगेर जान सक्ने ब्यवस्था, घाम–पानीबाट जोगीने छाना र चोट नलाग्ने गरी नरम वस्तु सहितको भित्ता आदिको व्यवस्था भएको हुनु पर्ने, पशुले गाटि र जमिनको फरक थाहा नपाउने गरि गाटीको पछाटी ढालालाई प्लेटर्फममा सुताउँदाटम्म मिलेको हुनु पर्ने, पशु गाडीमा उकाल्ने र ओराल्ने स्थानमा प्लेटफर्मको व्यवस्था हुनु पर्ने, सो नभएको स्थानमा उपयुक्त डोरी तथा काठको फल्याकको व्यवस्था हुनुपर्ने भनिएको छ । बिहीबार बर्दियाको राजापुर मनाउबाट बसमा लोड गरिएको खसिलाई पशु ढुवानी मापदण्ड विपरित पीडा दिएर ढुवानी गरेको प्रष्ट छ ।

  • २८ असार २०८१, शुक्रबार प्रकाशित

  • Nabintech