१० मंसिर २०८१, सोमबार

प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते विश्वासको मत लिने भएका छन । नेकपा एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिन लागेको जानकारी दिए ।

ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएर भोलिपल्ट शपथग्रहण गरेका थिए । संविधानतः प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र सांसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । प्रधानमन्त्रीले ६ गते सांसदबाट विश्वासको मत लिने र सोही दिन देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ ।

एमाले मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले साउन ६ गते पछिल्लो पटक प्रधानमन्त्री भएपछि पहिलो पटक सम्बोधन गर्न लागेका हुन। ‘यसपटक प्रधानमन्त्री भएपछि साउन ६ मा पहिलो पटक सम्बोधन गर्दै हुनुहन्छ,’ उनले भने, ‘सरकारका प्रमुख प्राथमिकताका साथै समसामयिक राजनीतिक विषयमा उहाँले धारणा राख्ने कार्यक्रम तय भएको छ ।’

  • २ श्रावण २०८१, बुधबार प्रकाशित

  • Nabintech