२३ भाद्र २०८१, आईतवार

शिक्षण अस्पताल कोहलपुरमा अव डेन्टल सेवा

२७ वर्षदेखि कोहलपुरमा मेडिकल कलेजले स्वास्थ र शिक्षामा विशेष योगदान दिंदै

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँके जिल्लामा रहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले आफनो अस्पतालमा बिशिष्टकृत सेवासङ्गै अव डेन्टल सेवा समेत दिने भएको छ । काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले डेन्टल अस्पतालको उद्घाटन गरेसंगै अव डेन्टल सेवा सञ्चालनमा आएको शिक्षण अस्पताल कोहलपुरले जनाएको छ। डेन्टल सेवा उदघाटनका अवसरमा बोल्दै उपकुलपति थापाले पछिल्लो समय चिकित्सा शिक्षाले नेपालमा फड्‌को मार्दै गएको बताउदै लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडमा नयाँ व्यवस्थापनले नेतृत्व सम्हालेपछि टिमले अस्पताल सुधारका विभिन्न कार्ययोजना अघि सारेको जिकिर गरे।

कुनै समय गुणस्तरीय शिक्षा पाउन अन्य देशको भर पर्नुपर्ने बाध्यता अहिले अन्त्य भएको थापाको दावि छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल पश्चिम क्षेत्रको स्वास्थ र शिक्षा क्षेत्रमा आफ्‌नो छुट्टै पहिचान बनाउन सफल भएको उनको कथन रहेको छ ।

आफ्‌नो पहिचान मात्र नभइ अस्पतालले दन्त सम्बन्धी पनि गुणस्तर सेवा प्रदान गर्नेमा आफूले विश्वास लिएको उपकुलपति थापाले बताएका छन । नेपालगन्ज मेडिकल कलेजको लागि मात्र नभइ सम्पूर्ण कोहलपुरका स्थानीयको लागी दन्तसम्बन्धी सम्पूर्ण सेवा घर आँगनमै प्रदान गर्दाको कोहलपुरबासीका लागि सुखद क्षण रहेको उनको भनाइ रहेको थियो।

विगत २७ वर्षदेखि कोहलपुरमा मेडिकल कलेजले स्वास्थ र शिक्षामा विशेष योगदान पुरयाउदै आएको छ । स्वास्थ सेवा मात्र नभई विशेषज्ञ डाक्टरहरू पनि कोहलपुरमै उत्पादन गरिरहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले नयाँ प्रविधिको सही सदुपयोग गर्दै गुणस्तर स्वास्थ शिक्षा प्रदान गर्न आवश्यक रहेको काठमाडौं विश्वविद्यालयका डिन डा. मनोज हुमागाँईको भनाई रहेको छ । विश्वविद्यालयले पछिल्लो समय नेपालमै दक्ष जनशक्ति उत्पादन गरिरहेको उनको दाबी छ।

नेपालगन्ज मेडिकल कलेजका एल.बि.इ.ए.लि तथा कार्यक्रमका अध्यक्ष खुमप्रसाद अर्यालले अबको एक वर्षभित्र क्यान्सर अस्पताल पनि सञ्चालन गर्ने जानकारी दिएका छन। नेपालगन्ज मेडिकल कलेज नाफामुखी मात्रै नभइ सेवामुखी रहेको जिकिर गर्दै अर्यालले आगामी भदौ महिनादेखि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा मुटु रोग सम्बन्धी विशिष्ट सेवा सुचारू गरिने समेत बताए ।

अस्पतालका निर्देशक डा. रेशम बहादुर रानाले कोहलपुर शिक्षण अस्पताललाई पूर्णरुपमा नेपालगन्ज मेडिकल कलेजको रुपमा सञ्चालन गर्दै यस क्षेत्रमा स्वास्थ्य उपचारको नयाँ नयाँ उपकरणहरू थप गरी विशेषज्ञ सेवा दिने गरी अगाडि बढेको बताए । यही साउन १ गतेदेखि कोहलपुर अस्पतालमा बन्द भएको स्वास्थ्य बीमा कार्यक्रम पनि सुरु गरिएको वताउदै रानाले जविहिवारदेखि अस्पतालमा दन्तरोगको परिक्षण शुरु गरेको समेत वताए ।

  • ४ श्रावण २०८१, शुक्रबार प्रकाशित

  • Nabintech