२३ भाद्र २०८१, आईतवार

खेलाडीलाई जमुनाहा नाकामा स्वागत सम्मान
  • न्युज मानसराेवर

नेपालगञ्ज: काजकिस्तानमा सम्पन्न भएको ११औँ अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा स्वर्ण र रजत पदक जितेर फर्किएका बाँकेका दुईजना खेलाडीलाई जमुनाहा नाकामा स्वागत सम्मान गरिएको छ । १५ जुलाईदेखि १९ जुलाईसम्म सञ्चालन भएको स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा नेपालगञ्जका खेलाडी करण बाडियाले ६० केजीमा दुईवटा स्वर्ण र मोहित गुप्ताले ६८ केजीमा रजत र एउटा कांस्य पदक जित्नुभएको थियो ।

पदक जितेर भारतको बाटो भएर फर्किनुभएका दुवैजना खेलाडीलाई नेपालगञ्जस्थित विभिन्न जिमका खेलाडीहरूले जमुनाहा नाकामा भव्य स्वागत सम्मान गरेका थिए । गुप्ताले पहिलोपटक यसरी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदक जित्न पाएकोमा निकै गौरवको अनुभूति भइरहेको जनाउँदै स्ट्रेन्थ लिफ्टिङमा नेपाली खेलाडीहरूलाई पदक जित्ने राम्रो अवसर रहेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा नेपालका लागि पदक जितेर फर्किने क्रममा भारतका लागि नेपाली दूतावासले पनि दिल्लीमा एक कार्यक्रम गरेर विजेता खेलाडीहरूलाई स्वागत सम्मान गरेको थियो ।

नेपालका लागि पदक प्राप्त गर्ने खेलाडीहरू केदारेश्वर मान, सानु कान्छा लामा, अमर लामा, अमृता खड्का शेर्पा, करण बाडिया र मोहित गुप्तालाई भारतका लागि नेपालका राजदूत शंकरप्रसाद शर्मा, नियोगका उपप्रमुख सुरेन्द्र थापालगायतले स्वागत सम्मान गर्नुभएको थियो ।

  • १० श्रावण २०८१, बिहीबार प्रकाशित

  • Nabintech