२३ भाद्र २०८१, आईतवार

राष्ट्रिय अनुसन्धान विभागका सूचक अर्जुन खड्कामाथी नेपालगन्जमा आक्रमण

स्रोत नखुलेको १८ लाख रुपैयाँ बरामद गर्दाआक्रमण

  • न्युज मानसराेवर

नेपालगन्ज: स्रोत नखुलेको रकम बरामद गर्दा नेपालगन्जमा एक सुरक्षाकर्मीमाथी आक्रमण भएको छ । नेपाल–भारत सिमानाका जमुनाहास्थित चेकपोष्ट नजिकै राष्ट्रिय अनुसन्धान विभागका सूचक अर्जुन खड्कामाथी आक्रमण भएको हो ।

अनुसन्धान विभागका सूचक खड्काले स्रोत नखुलेको १८ लाख रुपैयाँ बरामद गर्दा नेपालगन्ज ४ स्थित कलपत्रु होटलमा सञ्चालित ‘एसएन ब्लु गेमिङ क्लब क्यासिनोका महाप्रबन्धक अर्जुन खनालको समुहले आक्रमण गरेको थियो । आक्रमणबाट खड्का घाईते भएका छन् । उनको शरिरका विभिन्न भागमा चोट लागेको छ । खड्कामाथी खनालको समुहले बोत्तल र फलामको कुर्सी प्रहार गरेको बताइएको छ ।

आक्रमणमा संलग्न महाप्रबन्धक खनाललाई सिसीटिभी फुटेजका आधारमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले नुुवाकोट घर भई नेपालगन्जस्थित क्यासिनो सञ्चालन गर्ने अर्जुन खनाललाई पक्राउ गरिएको बताए । उनले भने, खनाल सहितको समुहले सुरक्षाकर्मीमाथी आक्रमण गरेको बुझिएको छ, आवश्यक अनुसन्धान भइरहेको छ ।’

बरामद गरिएको रकमबारे भने एसपी कार्कीले अनविज्ञता प्रकट गरेका छन् । घटनामा अन्य ४र५ जनाको संलग्नता रहेको र उनीहरुको खोजी भइरहेको बाँके प्रहरीले जनाएको छ ।

  • १० श्रावण २०८१, बिहीबार प्रकाशित

  • Nabintech