२३ भाद्र २०८१, आईतवार

कोहलपुरको न्युरोडमा शोकसभा तथा दिप प्रज्जवलन
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा पछिल्लो समय नेपालभरि बिभिन्न प्राकृतिक प्रकोप र दुर्घटनामा मृत्युवरण गरेका मृतकहरुको सम्झनामा एबं घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै न्युरोडचोकमा शोकसभा एबं दिप प्रज्जवलन कार्यक्रम सम्पन्न गरिएको छ ।
असार २८ गते सिमलताल दुर्घटनामा परि त्रिशुलिमा बेपत्ता तथा घाईतेहरुको यथाशिघ्र खोज तथा उद्धारका निम्ति पहल गरिनुपर्ने एबं श्रावण ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाईन्सको दुर्घटनामा परि मृत्युवरण गरेकाहरुको स्मृतीमा उनीहरुको आत्माको चिर शान्तिको कामनाकासाथ दिप प्रज्जवलन गरिएको हो ।

 

कोहलपुर उद्योग ब्यापार संघ एबं नेपाल औषधि ब्यबसायी संघको आयोजना तथा समाज सुधार कार्यक्रम नेपालको समन्वय तथा सहकार्यमा शोकसभा तथा दिप प्रज्जवलन सम्पन्न गरिएको समाज सुधार कार्यक्रम नेपालका निर्देशक शंकर न्यौपानेले न्युज मानसरोवरलाई वताए ।
शोकसभा तथा दिप प्रज्जवलन कार्यक्रममा कोहलपुर क्षेत्रका उद्योगी ब्यबसायी, बिभिन्न राजनैतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, बिद्यार्थी तथा सामाजिक ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो भने मृतकहरुको सम्झनामा १ मिनेट मौन धारण सहित मैनबत्ती बालेर शोक मनाईएको थियो ।

  • ११ श्रावण २०८१, शुक्रबार प्रकाशित

  • Nabintech