२३ भाद्र २०८१, आईतवार

सञ्चालनको एक बर्षमै कुरुप बन्दै कोहलपुर नयाँ बसपार्क,टर्मिनल भवनमै भेटिए वियरका वोत्तल र सुर्तिजन्य पदार्थ

सार्बजनिक स्थलको १०० मिटर वरपर प्रतिबन्ध गर्नुपर्ने मदिरा र सुर्तिजन्य पदार्थले गिज्ज्याउदै कोहलपुरलाई

  • न्युज मानसराेवर

कोहलपुर,बाँके:त्यसो त सार्वजनिक स्थलको वरपर १०० मीटर सम्म मदिरा तथा सुर्तिजन्य पदार्थ बेच्न नेपाल सरकारले प्रतिबन्ध गरेको छ तर कोहलपुरको नयाँ बसपार्क वरपर भने यो नियम लागुहुन सकेको छैन । वरपरका होटल तथा पसलहरुमा निर्बाध मदिरा र सुर्तिजन्य पदार्थ बिक्रि वितरण भएपनि ब्यापारीहरुले सटर भाडा तिर्ने आम्दानीको स्रोत नै त्यहि भएको महशुस गरि कोहलपुर नगर सरकार र सम्वन्धित सरोकार सबैले अन्देखा गरेको परिप्रेक्षमा हुदा हुदा नयाँ टर्मिनल भवनको माथिल्ला तलाहरुमा समेत सुतिजन्य पदार्थ खाएर कुरुप मात्र पारिएको छैन वियरका वोत्तल समेत फेला परेपछि टर्मिनल भवन मदिरा तथा सुर्तिजन्य सेवनकर्ताका लागि सुरक्षित स्थल बन्दै गरेको सहज अनुमान लगनउन सकिन्छ ।

बसपार्कको सम्पुर्ण जिम्मा लिएको वागेश्वरी यातायात प्रालिको समेत यस तर्फ ध्यान नपुगेपछि पछिल्लो समय बसपार्कको बिभिन्न रुट चल्ने बस पार्किङ स्टेसन, चार्जिङ स्थल तथा बसपार्कका प्रखालका कुना कुनामा समेत कुरुपताले लपक्क पोतिएको पाईएपनि कडा कारवाहिको सुचना बाहेक बसपार्क ब्यबस्थापन समितीले अन्य कुनै कुरामा कडाई गर्न सकेको छैन । अझ टर्मिनल भवनको उपल्ला तलाहरुमा वियरका बोत्तल देखिनु थप लज्जाको बिषय हो ।

बाँके जिल्लाको कोहलपुर नजिकै पूर्व पश्चिम राजमार्गको दक्षिण पट्टि छेवैमा बनेको  अत्याधुनिक सपिङ कम्प्लेक्स सहितको बसपार्कले यो रुटमा हिँड्ने जो कोहीको पनि ध्यान तान्ने गरेको छ। हेर्दा सुन्दर आकर्षक पश्चिम तराईकै एकमात्र सुविधा सम्पन्न बसपार्क भएपनि यसको व्यवस्थापन र सञ्चालनमा पटक पटक समस्या आउने मात्र हैन बसपार्क एक सार्वजनिक स्थल समेत भएकाले मदिरा र सुर्तिजन्य पदार्थ प्रतिबन्ध गर्न स्थानिय सरकार चुक्न नहुने राय छ नाकरिक उन्मुक्ति पार्टिका जिल्ला सचिव एबं सुचना अभियान्त भुम भण्डारीको । शुक्रवार विहानै उनले सामाजिक सञ्जालमा आफनो धारणा राख्दै ”न करेसा वारि न बगैंचा न होटल न बियर वार बसपार्क शौचालय अनि टर्मिनल भवनभित्र सुशासन कि आसन” भन्दै उनले प्रश्न गरेका छन ।

”नगर अस्पताल त सफाइ भयो आज यो पनि गर्दिए राम्रै हुन्थ्यो, सरकारी नजर पुगोस कोहलपुर जनप्रतिनिधि” भन्दै उनले स्थानिय सरकारसंग गुहार समेत मागेका छन । सामाजिक सरोकारका विषयमा प्रश्न गर्ने भुम भण्डारिले विहिवार मात्र कोहलपुर नगरस्तरीय अस्पताल भवनको पछाडिको अवस्था सामाजिक संजालमा पोष्ट गरेपछि सम्वन्धित निकायले उक्त स्थानमा भएको फोहरलाई ब्यबस्थापन गरेको थियो ।

३० करोड ६२ लाख ७ हजार ७०१ कुल लागतमा निर्माण गरीएको नयाँ बसपार्क उद्घाटन भएसँगै २०८० साउनदेखी संचालनमा आएको हो । सञ्चालनको एकबर्षमै कुरुप अवस्थामा पुग्न लागेको बसपार्क निर्माणकालागि नगर विकास कोषले ६० प्रतिशत ऋण लगानी गरेको छ भने ४० प्रतिशत कोहलपुर नगरपालिका आफैँले लगानी गरेको छ । नगर विकास कोषलाई वार्षिक आठ प्रतिशत ब्याज रकम तिर्नेगरी २० वर्षका लागि कोषसँग ऋण सम्झौता गरेको छ ।

२० वटा लामो दुरीका बस, २२ वटा मध्यम दुरीका सवारी साधन तथा गाडी र अटो सहित ७९ वटा छोटो दुरीका सवारी साधन अट्ने क्षमता रहेको बसपार्कमा ५९ वटा ब्यवसायीक सटर, तिन वटा ब्लकमा २७ वटा शौचालय ९ वटा अपाङ्गमैत्री, २४ वटा टिकट काउण्टर, ग्यारेज सहित २ वटा विद्युतिय चार्जिङ सेन्टर, प्रहरी शुरक्षा कक्ष, स्तनपान कक्ष र धुम्रपान कक्ष निर्माण गरिएको बसपार्क संरक्षणमा स्थानिय सरकार, ब्यबस्थापन समिती र सरोकारवाला सबैको ध्यान जान जरुरी रहेको छ ।

तस्विर : भुम भण्डारीको फेसबुक वालवाट

 

 

  • ११ श्रावण २०८१, शुक्रबार प्रकाशित

  • Nabintech