२३ भाद्र २०८१, आईतवार

नेपालगन्जमा होटल व्यवसायी महासंघ लुम्बिनीको अधिवेशन आज

नयाँ कार्यसमिति निर्वाचित गरी नेपालगन्ज घोषणा पत्र जारी गर्ने तयारी

  • न्युज मानसराेवर

नेपालगन्ज:होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशको तेस्रो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन आज शुक्रबारदेखि नेपालगन्जमा सुरु हुने भएको छ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको महासंघले बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा महासंघका लुम्बिनी प्रदेश अध्यक्ष भाष्कर काफ्लेले अधिवेशनमा १२ जिल्लाका १८ संस्थाका प्रतिनिधि, संस्थापक गरी करिब २ सय प्रतिनिधिहरू सहभागी हुने जानकारी दिए । शुक्रबार अधिवेशन उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले गर्ने जानकारी दिंदै उद्घाटन सत्रपछि बन्द सत्र आयोजना गरिने बताए ।

प्रदेश अध्यक्ष काफ्लेले आगामी कार्यकालका लागि सर्वसम्मत कार्यसमिति चयनको प्रयास भैरहेको उल्लेख गर्दै अधिवेशनका लागि प्रतिनिधिहरू आउनेक्रम जारी रहेको बताए । ‘शनिबार नयाँ कार्यसमिति निर्वाचित गरी नेपालगन्ज घोषणा पत्र जारी गर्ने तयारी छ’, अध्यक्ष काफ्लेले भने ।

पत्रकार सम्मेलनमा वरिष्ठ महेन्द्र पाण्डे, प्रथम उपाध्यक्ष एकनारायण चापागाई, पर्यटन उपाध्यक्ष समुद्र चापागाई, महासचिव दधिराम भण्डारी, उपमहासचिव गणेश वेल्वासे, महिला उपाध्यक्ष गीता गौली लगायत उपस्थित रहेका थिए ।

  • ११ श्रावण २०८१, शुक्रबार प्रकाशित

  • Nabintech